२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोरखामा स्याउले बजार पाएन

११ आश्विन २०७३, मंगलवार १०:३१

असोज ११, गोरखा । ल्हो गाविस– ५ का छेवाङ नर्वु लामाको बारीमा लटरम्म स्याउ पाकेका छन् । बारीका पाँच बोटमा फलेका स्याउ बिक्री नहुँदा कुहिने अवस्थामा पुगिसकेको छ । हाँगा भाँचिएला जस्तै गरी स्याउ फले पनि बिक्री गर्न भने सकिएको छैन । 

“दुःख गरेर स्याउका बोट हुर्काइयो, स्याउ बिक्री हुँदैन, के गर्नु रु,” लामाले भन्नुभयो । लामाको मात्रै होइन, उत्तरी गोरखाका ल्हो, प्रोक, बिहीलगायत गाविसका किसानका बारीमा राताम्मे भएर अहिले स्याउ पाकेको छ । तर बिक्री हुन सकेको छैन । 

“मनास्लु पदमार्गमा पर्यटक हिँडे फाट्टफुट्ट स्याउ बिक्री हुन्छ,” लामाले भन्नुभयो । पदमार्गको आसपासमा खुलेका होटलमा स्याउ बिक्रीका लागि राखिएको भए पनि बिक्री नहुँदा किसान चिन्तित छन् । पाकेको स्याउ सदरमुकाम तथा काठमाडौँ पु¥याउन सके मनग्य आम्दानी हुने किसान बताउँछन् । 

सडक पहुँच नहुँदा स्याउ ढुवानी गर्न सकिएको छैन । मनास्लु संरक्षण क्षेत्र आयोजना र जिल्ला कृषि विकास कार्यालयले बर्सेनि स्याउका बिरुवा बाँड्ने गरेका छन् । यस वर्ष मनास्लु पदमार्ग भएर पर्यटक नआएका कारण स्याउको बिक्री ह्वात्तै घटेको छ । बिक्रीमा ह्रास आएपछि किसानले छ्याङ, रक्सी बनाउन थालेका छन् । स्याउलाई कुहिन नदिन छ्याङ बनाउनुपरेको प्रोकका पेमा लामा बताउनुहुन्छ । 

सदरमुकामबाट स्याउ उत्पादित क्षेत्रमा पुग्न करिब पाँच/छ दिन लाग्छ । किसानले बाटो असजिलो भएका कारण स्याउ बजारसम्म पुर्याउन सकेका छैनन् । मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख राजकुमार गुरुङका अनुसार खच्चडबाट स्याउ ढुवानी गर्दा धेरै महँगो पर्छ । “स्याउभन्दा ढुवानीको पैसा बढी लाग्छ,” उहाँले भन्नुभयो । सरकारले स्याउ ढुवानीमा सहयोग गर्न सकेमा उत्तरी भेगमा उत्पादित स्याउ बजारसम्म ल्याउन सकिने गुरुङको भनाइ छ । 

जिल्ला कृषि विकास कार्यालयका प्रमुख तीर्थकुमार श्रेष्ठ स्याउका चाना बनाएर राख्न सकिने बताउनुहुन्छ । उत्पादन राम्रो भए पनि उत्पादित स्याउले बजार नपाउँदा उत्तरी भेगका किसान व्यावसायिक स्याउ खेतीतर्फ आकर्षित हुन सकेका छैनन् । बजारमा भारतीय स्याउको मूल्य दिनहुँ आकासिएको छ तर, उत्तरी गोरखाका विभिन्न ठाउँमा फलेका स्याउ बजारसम्म ल्याउन सकिएको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य