३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

६ महानगरपालिकासहित ७५३ स्थानीय तहलाई २ खर्ब ९५ अर्ब हस्तान्तरण, कसले कति पाए ?

१६ जेष्ठ २०८०, मंगलवार ११:१७

जेठ १६, काठमाडौँ | आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तरगत केन्द्रले ६ वटा महानगरपालिकासहित ११ वटा उप–महानगरपालिका, नगरपालिका र गाउँपालिका गरी ७५३ वटै स्थानीय तहलाई राजस्व बाँडफाँड तथा अनुदान बापत उक्त रकम उपलब्ध गराएको हो । 

यस्तो वित्तीय हस्तान्तरण समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी चार शीर्षका उपलब्ध गराइनेछ । अन्तरसरकारी वित्तीय हस्तान्तरण अनुसार यो वर्ष ६ वटा महानगरपालिकाले १० अर्ब ३१ करोड ९८ लाख रुपैयाँ पाएको छ भने ११ वटा उपमहानगरपालिकाले १० अर्ब ४२ करोड २२ लाख रुपैयाँ, २७६ नगरपालिकाले १ खर्ब ३१ अर्ब २१ करोड ४३ लाख रुपैयाँ र ४६० वटा गाउँपालिकाले १ खर्ब ४३ अर्ब ६ करोड ३९ लाख रुपैयाँ अनुदान पाएका छन् । 

६ वटा महानगरपालिका कुनले कति पाए ?

विराटनगर महानगरपालिका– १ अर्ब १९ करोड २४ लाख रुपैयाँ

वीरगञ्ज महानगरपालिका– १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ

भरतपुर महानगरपालिका– १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ

काठमाडौँ महानगरपालिका– २ अर्ब १४ करोड ३१ लाख रुपैयाँ

पोखरा महानगरपालिका– २ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ

ललितपुर महानगरपालिका– १ अर्ब १३ करोड ८७ लाख रुपैयाँ

११ वटा उप–महानगरपालिका कुनले कति पाए ?

इटहरी उप–महानगरपालिका– १ अर्ब ८ करोड ४९ लाख रुपैयाँ

धरान उप–महानगरपालिका– ९० करोड २ लाख रुपैयाँ

जनकपुरधाम उप–महानगरपालिका– ९४ करोड ४ लाख रुपैयाँ

कलैया उप–महानगरपालिका–८४ करोड ७३ लाख रुपैयाँ

जितपुर–सिमरा उप–महानगरपालिका– ८४ करोड ६३ लाख रुपैयाँ

हेटौँडा उप–महानगरपालिका– १ अर्ब १४ करोड ५० लाख रुपैयाँ

बुटवल उप–महानगरपालिका– ८० करोड ८९ लाख रुपैयाँ

घोराही उप–महानगरपालिका– १ अर्ब ७ करोड ७३ लाख रुपैयाँ

तुल्सीपुर उप–महानगरपालिका– ९५ करोड ९६ लाख रुपैयाँ

नेपालगञ्ज उप–महानगरपालिका– ८८ करोड ३८ लाख रुपैयाँ

धनगढी उप–महानगरपालिका– ९२ करोड ८५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट