जेठ २९, काठमाडौँ | साताको दोस्रो दिन सोमबार सुनको मूल्य १ सय रुपैयाँले घटेको छ ।
अघिल्लो दिन आइतबार मात्रै प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजाबी सुन तोलामा १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ ।