पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>जेठ ३०, काठमाडौँ | </b>आज सुनको मूल्य ३ सय रुपैयाँले वृद्धि भएको छ । सोमबार छापावाल सुन १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।<br></p><p>यस्तै तेजाबी सुन मंगलबार १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।</p><p>त्यसैगरी चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँ कायम भएको छ ।</p>

