१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

थ्री स्टार हाइड्रोपावरको आइपिओ खुल्यो, कतिसम्म भर्न पाइन्छ आवेदन ?

५ असार २०८०, मंगलवार ०६:१२

असार ५,काठमाडौँ | थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आइपिओ बिक्री खुला भएको छ । कम्पनीले मङ्गलवार (असार ५ गते) बाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । ६ लाख १३ हजार १६२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

असार ८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने असार १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको मा वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, कर्मचारी र सामूहिक लगानी कोष बिक्री गरेर बाँकी रहेको कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले थ्रीस्टार हाइड्रोपावरको आईपीओलाई ‘इक्रा एनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्चस्तरको जोखिम रहेको संकेत गर्छ । यसको प्रतिसेयर आम्दानी पुससम्मको वित्तीय विवरण अनुसार ७ रुपैयाँ ४४ पैसा रहेको छ ।

यसअघि यसको प्रतिसेयर आम्दानी लगातार घाटामा गएको यसको विवरण पत्रमा उल्लेख छ । आगामी वर्ष प्रतिसेयर आम्दानी १२।१७ रुपैयाँ पुग्ने प्रक्षेपण कम्पनीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल