३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्याजको भाउ आधा घट्यो, नेपाली गोलभेडाको मूल्य बढ्यो

५ असार २०८०, मंगलवार ११:२०

असार ५,काठमाडौँ | भारतबाट आयात हुन थालेपछि प्याजको मूल्य आधा सस्तिएको छ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार भारतीय सुकेको प्याजको मूल्य न्यूनतम ५० रुपैयाँ प्रतिकिलोदेखि अधिकतम ५२ रुपैयाँसम्म बिक्री भइरहेको छ।

सोमबारसम्म प्याजको मूल्य स्थानीय बजारमा १ सय रुपैयाँभन्दा माथि पुगेको थियो। यद्यपि, कालिमाटी तरकारी बजारले भने लामो समयदेखि प्याजको मूल्य सार्वजनिक गरेको थिएन। 


गत जेठ २१ देखि आयात रोकिएको प्याज असार ४ बाट सुचारु भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा आन्तरिक उत्पादन बढाउने भन्दै प्याज र आलुलगायत अन्य कृषिजन्य वस्तुमा भ्याट लगाउने व्यवस्था गरेको छ। 

यसबाट आयात निरुत्साहित भई आन्तरिक उत्पादन बढ्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले दाबी गर्दै आएका छन्।

सरकारको यो नीतिपछि प्याजको मूल्य रातारात आकासिएको थियो। भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष १० महिनामा चीन र भारतबाट १० करोड १० लाख ३५ हजार रुपैयाँबराबरका १२ लाख ५६ हजार ४ सय ८३ किलो प्याज आयात भएको छ। जसबाट सरकारले १ करोड १२ लाख ८० हजार राजस्व संकलन गरेको छ।

नेपाली गोलभेडाको मूल्य पनि बढ्यो 

दुई दिन अघिसम्म थोकमा प्रतिकिलो २ रुपैयाँमा पनि नबिकेर फाल्नुपरेको गोलभेडा मूल्य केही हदसम्म बढेको छ। 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तालिकाअनुसार नेपाली ठूलो गोलभेडाको मूल्य न्यूनतम प्रतिकिलो ३५ देखि अधिकतम ४५ रुपैयाँ कायम भएको छ। 

त्यस्तै नेपाली सानो गोलभेडा (टनेल गोलभेडा) को मूल्य न्यूनतम प्रतिकिलो ९ रुपैयाँदेखि अधिकतम १४ रुपैयाँ पुगेको छ। 

त्यसैगरी भारतीय गोलभेडाको मूल्य न्यूनतम प्रतिकिलो ३५ देखि अधिकतम ४५ रुपैयाँ कायम भएको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत