2026-09-20 03:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब इसेवामा रहेको रकम विना कार्ड एटीएममार्फत् झिक्न सकिने

असार ६, काठमाडौँ | भुक्तानी सेवा प्रदायक इसेवाका प्रयोगकर्ताले अब आफ्नो इसेवा खातामा रहेको रकम एटीएम मेसिन मार्फत पनि सहजै झिक्न सक्ने भएका छन् । इसेवाले एभरेष्ट बैंकसँगको सहकार्यमा इसेवा खातामा रहेको रकम एटीएमबाट समेत झिक्न सकिने सेवाको सुरूवात गरेको हो ।

इसेवामा रहेको रकम एटीएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुनपर्ने कम्पनीले जनाएको छ । इसेवाका प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ‘वान टाइम पासवर्ड’ ओटीपी मार्फत् एटीएमबाट नगद रकम झिक्ने इसेवाले जनाएको छ । यसअघि इसेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्सफर गर्नुपर्ने हुन्थ्यो । यो सेवा वालेट कम्पनीहरूमा नेपालमै पहिलो पटक सुरूवात भएको कम्पनीको दाबी छ ।

प्रयोगकर्तालाई इसेवामा रहेको रकम झिक्न अझ सहज होस् भन्ने उदेश्यले एभरेष्ट बैंकसँगको सहकार्यमा एटीएमबाटै रकम झिक्न सकिने सेवाको सुरूवात गरेको इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले बताए । ‘हामी जहिले पनि क्यासलेस अर्थतन्त्रलाई प्राथमिकता दिँदै सोही किसिमका सेवा सञ्चालन गर्दै आएका छौ,’ उनले भने, ‘तर, कहिलेकाहीं इसेवामा रहेको रकम क्यासमा नै चाहिए पनि प्रयोगकर्तालाई सहज होस् भन्ने उदेश्यले उक्त सेवाको सुरूवात गरेका हो ।’

इसेवा नेपाल सरकार र नेपाल राष्ट्र बैंकको क्यासलेस अर्थतन्त्र बनाउने अभियानमा निरन्तर लागिरहेको उनले बताए । एभरेष्ट बैंक जहिलेपनि आफ्ना ग्राहकलाई नयाँ सेवा र सुविधा दिन तत्पर रहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले बताए । इसेवाका प्रयोगकर्ताले एभरेष्ट बैंकका देशभर रहेका कुनै पनि एटीएम मेसिनमार्फत् सहजै रकम झिक्न सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो