२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भरतपुर महानगरकाे कुल बजेट ६ अर्ब, गाैतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई ३ कराेड (पूर्णपाठ)

१० असार २०८०, आईतवार ०९:२९

असार १०, चितवन । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ ।

आइतबार बसेको नगरसभा बैठकमा महानगर उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक वर्ष २०८०/८१ को लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको हो ।

यसका लागि आन्तरिक आय १ अर्ब ७५ करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ५४ करोड ८० लाख १५ हजार जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड र सडक बोर्डबाट ३ करोड रहने बजेटले स्रोतको रुपमा लिएको छ ।

भरतपुर – पोखरा-लुम्बिनी (गोल्डेन ट्रयांगल) पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत महानगरपालिकाले पहिचान गरेका ३० वटा प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रवर्धन तथा विकास, पर्यटन सूचना नक्सा तयार गरी कार्यान्वयनमा ल्याउने, पर्यटन क्षेत्रको विकास र विस्तारको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजना तर्जुमा लगायतको पर्यटन तथा उद्योग बाणिज्य सम्बन्धि नीति कार्यान्वयन गर्नको लागि २ करोड रुपैयाँ छुट्याइएको छ ।

यस्तै पर्यटन वर्ष सन् २०२४ कार्यान्वयनको लागि संघ तथा बागमती प्रदेश सरकारसँग साझेदारी गरिने महमानगरले बताएको छ । जसको लागि २ करोड बजेट प्रस्ताव गरिएको छ ।

यस्तै संघ तथा बागमती प्रदेश सरकार एवम् निजी तथा अन्य क्षेत्रको सहकार्यमार्फत लगानी सम्मेलन आयोजना गर्ने महानगरको योजना छ यसका लागि

२० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । विपद् सामग्री खरीद, उचित भण्डारण, जनशक्ति परिचालन, जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन, राहत वितरण, पुनर्स्थापना जस्ता कार्यहरु गर्न ५५ लाख तथा विपद तथा प्रकोप व्यवस्थापन कोषमा ९४ लाख बजेट थप गरिएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कार्य पुरा गर्नको लागि संघीय सरकार, बागमती प्रदेश सरकारसँग साझेदारी र सहकार्य गरिनेछ जसको लागि ३ करोड विनियोजन गरिएको छ ।

धुर्मुस-सुन्तलीले सुरू गरेर अधुराे रहेको गाैतमबुद्ध अन्तर्राष्ट्रिय र‌ंगशाला निर्माणका लागि  ३ कराेड बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै