2026-07-28 07:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुई वर्षपछि नाफामा आयो एलपीजीको बिक्री मूल्य

असार १८, काठमाडौँ | नेपाल आयल निगमले घाटा खान थालेको करिब २ वर्षपछि एलपी ग्यासको मूल्य नाफामा आएको छ । इण्डियन आयल कर्पोरेशनले जुलाई १ मा पठाएको नयाँ मूल्यसूचीअनुसार झण्डै २ वर्षपछि एलपीजीको बिक्री मूल्य नाफामा आएको हो ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार सन् २०२० अक्टोबर १६ देखि एलपीजीको बिक्री मूल्य घाटामा जान थालेको थियो । त्यसयता पहिलोपटक जुलाई १ तारिखको मूल्यसूचीबाट प्रतिसिलिन्डर ७ रुपैयाँ नाफामा आएको हो । १६ अक्टोबर २०२० अघि प्रतिसिलिन्डर एलपी ग्यासको बिक्रीमा ४६ रुपैयाँ नाफा थियो ।

रुसले छिमेकी मुलुक युक्रेनमा सैन्य हमला गरेपछि सबैजसो पेट्रोलियम पदार्थको मूल्य बढ्न सुरु भएको थियो । लगत्तै डिजेल, पेट्रोल, हवाई इन्धन लगायत खाना पकाउने एलपी ग्यासको समेत मूल्य बढ्न थाल्यो । उक्त समयमा एलपी ग्यासको उपभोक्तालाइक्षर्् बिक्री मूल्य प्रतिसिलिन्डर १६ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा खरिद मूल्य नै १६ सय रुपैयाँभन्दा माथि पुगेर २६ सय ५० रुपैयाँ प्रति सिलिन्डरसम्म पुगेको थियो । १६ मे २०२२ मा प्रतिसिलिन्डरको खरिद लागत २६ सय ५० रुपैयाँ पुगेपछि प्रतिसिलिन्डर घाटा १०५० सम्म पुगेको प्रवक्ता ठाकुरले बताए ।

‘भारतबाट जुलाई १ मा आएको पछिल्लो तथ्यांकअनुसार प्रतिसिलिन्डर ७ रुपैयाँ नाफामा छ,’ ठाकुरले भने, ‘यो सन् २०२० को अक्टोबर १६ यताको पहिलोपटकको नाफा हो ।’ प्रतिसिलिन्डर २६सय ५० रुपैयाँसम्म खरिद लागत पुगेपछि निगमले बिक्री मूल्य एकैपटक २०० रुपैयाँसम्म बढाएको थियो ।

हाल बजारमा प्रतिसिलिन्डर ग्यास १८ सय रुपैयाँमा बिक्री भइरहेको छ । जुलाई १ मा १६१ रुपैयाँ प्रतिसिलिन्डर घटेर आएसँगै खरिद लागत १९ सय ९७ रुपैयाँ कायम भएको छ । यससँगै, प्रतिसिलिन्डर एलपी ग्यासको बिक्रीमा ७ रुपैयाँ नाफा हुन लागेको हो ।

चालू आर्थिक वर्ष २०७९÷८० को ११ महिनाको अवधिमा ५४ अर्ब ३२ करोड रुपैयाँभन्दा धेरैको एलपी ग्यास आयात भएको छ । यस अवधिमा विदेशबाट ४७ करोड ४० लाख किलोग्राम एलपी ग्यास आयात भएको हो । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १ करोड ५७ लाख किलोग्राम कम हो ।

गत वर्षको यही अवधिमा एलपीजीको आयातमा ५९ अर्ब १६ करोड बाहिरिएको थियो । यो चालू आर्थिक वर्षको तुलनामा ४ अर्ब ८४ करोड बढी हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ