2026-09-20 03:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साउनदेखि लागु हुने गरि वाणिज्य बैंकहरुले आफूखुसी ब्याजदर तोक्ने

असार २८, काठमाडौँ | वाणिज्य बैंकहरुको ब्याजदर निर्धारण प्रक्रिया स्वयं बैंकहरुले नै तोक्ने भएका छन् ।  यसअघि नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले बैंकको ब्याजदर तोक्दै आइरहेको थियो । अबदेखि बैंकहरुले खुला बजार प्रतिस्पर्धाको आधारमा ब्याजदर घटबढ गर्न पाउने भएका हुन् । यससँगै ब्याजदर निर्धारणमा एनबीएको कार्टेलिङको समेत अन्त्य भएको छ । 

आज बसेको संघको बैठकले उक्त निर्णय गरेको हो | बैंकले निक्षेपको ब्याजरमा भद्र सहमतिको नाममा गर्दै हुँदै आएको कार्टेलिङ खारेज गरेको हो । बजारले नै आफ्नो मूल्य तय गर्ने सिद्धान्तअनुसार बैंकहरुले नै ब्याजदर तय गर्नेसक्ने निर्णय गरिएको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए ।

यो प्रावधान १ साउनदेखि लागु हुने निक्षेपको ब्याजदर बैंकरले आफु अनुकुल तय गर्न सक्ने भएका छन् ।

यस्तै विगत लामो समयदेखि देशभरका उद्योगी व्यवसायीहरुले समेत बैंकहरुको ब्याजदर कार्टेलिङविरुद्ध आन्दोलन गर्दै आइरहेका थिए । अर्थमन्त्रीको उक्त उद्घोषसँगै बैंक सञ्चालक र व्यवस्थापक तथा केन्द्रीय बैंक माथि नै तीव्र दबाब परेको थियो ।  दबाब बढेपछि बैंकरहरुले बैठकमा ब्याजदर आफूखुसी तय गर्ने सहमति भएको एनबीएले बताए । 

हाल वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९९ प्रतिशत ब्याजदर दिँदै आएका छन्। २६ असारसम्म बैंकहरुको कुल निक्षेप ५७ खर्ब ३६ अर्ब रुपैयाँ पुग्दा औसत कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८१.६९ प्रतिशतमा झरेको राष्ट्र बैंकको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो