<p><b>साउन २, काठमाडौँ | </b>मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको सुनको मूल्य सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको हो ।<br></p><p>आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ तय गरेको छ भने सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ थियो | त्यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ भने हिजो तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो ।</p><p>यस्तै, आज चाँदीको मूल्य स्थिर कायम छ । महासंघले आज हिजो सोमबारकै मूल्यमा चाँदीको कारोबार भइरहेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँ कायम छ । </p>
Related News


