साउन ४, काठमाडौँ | सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बजारमा छापावाला सुन १ लाख १३ हजार ६०० र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। आज चाँदी १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ।