2026-09-20 01:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुन ल्याउने तस्करहरुले तीन महिनामै २९ पटक एकै परिमाणमा ‘ब्रेक सु’ भन्दै कार्गो ल्याएका थिए

साउन ५, काठमाडौँ । सुन ल्याउने तस्करहरुले तीन महिनाको अवधिमा एकै मात्रामा २९ पटकसम्म ‘ब्रेक सु’ विमानस्थल भन्सार कार्यालयबाट नेपाल भित्र्याएको पाइएको छ । हङकङबाट आउने अटो पार्ट्स भनि लेखिएको कार्गो शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएपछि राजश्व अनुसन्धानले भेटेको थियो । त्यसपछि भएको अनुसन्धानको क्रममा सुन तस्करीको धेरै रहश्य खुल्दै गएको छ ।

रेडी ट्रेड प्रा.लि. नामको कम्पनीको नाममा आएको मोटरसाइकल र स्कुटरको १६० सेट ‘ब्रेक शु’ ८ वटा प्याकेटमा थियो । अनुसन्धानको क्रममा एउटा ब्रेक शु बाहेक सबैमा सुन भेटिएको छ । ब्रेक सुमा रहेको सुनको मात्रा कति छ जोख्न बाँकी छ । राजश्व अनुसन्धान अधिकारीहरुले सामात्नु अघि उक्त ‘ब्रेक सु’ शंका लागेर खोलेर समेत हेरेको बताइएको छ । तर भन्सार अधिकारीहरुले नचिनेको बताइएको छ । 

यसअघि यहि कम्पनीले उही परिमाणमा सुन तस्करी गरेको आशंका छ । अनुसन्धानको लागि भन्सार विभागका अधिकारीहरु समेत तानिने भएका छन् । सामान्य २१ बर्षीय मजदूरको नाममा २९ चैत २०७९ मा कम्पनी खोलि उक्त कम्पनीको नाममा २९ पटकसम्म कार्गो आयात भएको र त्यसमा नियमित सुननै आयात भएको हुनसक्ने बताइएको छ । अनुसन्धान अधिकारीका अनुसार हरेक पटकमा १६० थानका दरले ब्रेक सु आएको देखिएको छ । यसरी नियमित सुन ल्याउने आँट भन्सार अधिकारीहरुको सेटिङ बिना सम्भव नहुने बताइएको छ । 

विमानस्थल हातामा बरामद भएको सुन प्रकरणमा छानबिनका लागि भन्दै भन्सार विभागले दुई कर्मचारीसहित तीन जनालाई निलम्बन गर्ने निर्णय गरेको छ । यसरी निलम्बनमा पर्नेहरुमा भन्सार जाँचमा संलग्न खरिदार यादव पराजुली, भन्सार एजेन्ट कुमार ढकाल र कर अधिकृत सन्तोष चन्द रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो