२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतले लगायो बासमतीबाहेकका चामल निर्यातमा रोक

२०८०, ५ श्रावण शुक्रबार ०२:३४

साउन ५, काठमाडौँ | भारतले बासमतीबाहेकका चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहतको विदेश व्यापार महानिर्देशनालयले हिजो एक सूचना निकालेर गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको जनाएको हो ।

निर्यात नीतिअनुरुप गैरबासमती सेतो चामल स्वतन्त्र रुपमा निर्यात गर्न प्रतिबन्ध गरिएको र यो निर्णय तत्कालै लागू भएको महानिर्देशनालयको सूचनामा उल्लेख छ । तर यसअघि नै निर्यातका लागि लोड भइसकेको हकमा भने बाधा पुग्ने छैन ।

भारतमा धानको उत्पादन घट्ने प्रक्षेपणले चामलको मूल्य बढ्न थालेपछि सरकारले निर्यातमा प्रतिबन्ध लगाएको अनुमान छ । भारतले चामल निर्यात रोकेपछि नेपालमा पनि यसको असर पर्ने देखिन्छ । तर व्यवसायीले भारतको पछिल्लो निर्णयले खासै असर नपर्ने दाबी गरेका छन् ।

भारतबाट नेपालमा धेरै बासमती चामल आयात हुने गरेको र अहिले बासमतीबाहेकका चामल निर्यातमा रोक लगाएकाले असर नपर्ने उनीहरुको भनाइ छ । भारतबाट नेपालमा बर्सेनि अबौँको चामल आयात हुँदै आएको छ | गत आर्थिक वर्ष २०७९/८० को ११ महिनामा भारतबाट ३३ अर्ब ३७ करोड रुपैयाँ बराबरको धान चामल आयात भएको राष्ट्र बैंकको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन