४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

५१ करोडको कोदो भारतबाट आयात

१० श्रावण २०८०, बुधबार ०३:३५

साउन १०, काँकडभिट्टा | पूर्वी पहाडी जिल्लामा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानहरू गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् । तर त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ ।

काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९-८० मा भारतबाट रु सात करोड ५७ लाख २८ हजार मूल्यको चार हजार सात सय ३३ मेट्रिक टन फर्सी आयात भएको छ । फर्सीमात्र होइन, नेपालको हिमालीबाहेक मधेस र पहाडी जिल्लामा अत्यधिक उत्पादन हुने कोदो, फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका भान्सामा उपभोग हुने खाद्यवस्तु अपत्यारिलो मात्रामा भारतबाट आयात हुने गरेको पाइएको छ ।

आव २०७९-८० मा पूर्वीनाका काँकडभिट्टा भएर रु ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले बताए । उनका अनुसार गत एक वर्षमा रु १९ करोड ८३ लाख ८४ हजार मूल्य बराबरको १२ हजार तीन सय ९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ । सोही अवधिमा रु ३१ करोड ९८ लाख आठ हजार मूल्य बराबरको १९ हजार नौ सय ८८ मेट्रिक टन करेला, रु १८ करोड ७४ लाख ७२ हजार मूल्य बराबरको ११ हजार सात सय १७ मेट्रिक टन भिन्डी र रु आठ करोड ९६ लाख ८० हजार मूल्य बराबरको पाँच हजार छ सय पाँच मेट्रिक टन सिमी भारतबाट उक्त नाका हुँदै आयात भएको ठाकुरले जानकारी दिए।

पूर्वीनाकाबाट सोही अवधिमा रु ८० करोड ९९ लाख ८४ हजार मूल्य बराबरको २५ हजार तीन सय १२ मेट्रिक टन प्याज, रु ६० करोड ८१ लाख ६० हजार मूल्य बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा, रु दुई करोड ७१ लाख ५२ हजार मूल्य बराबरको एक हजार छ सय ९७ मेट्रिक टन घिरौला, रु चार करोड ९८ लाख आठ हजार मूल्य बराबरको तीन हजार एक सय १३ मेट्रिक टन लौका, रु तीन करोड १० लाख आठ हजार मूल्य बराबरको एक हजार नौ सय ३८ मेट्रिक टन तरुल र रु तीन करोड ४० लाख ९६ हजार मूल्य बराबरको दुई हजार एक सय ३१ मेट्रिक टन सुठुनी भारतबाट आयात भएको तथ्याङ्कले देखाउँछ ।

भारतबाट मधेसदेखि हिमाली जिल्लासम्म उत्पादन हुने फापरसमेत भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार एक वर्षमा रु ४४ लाख ८० हजार मूल्य बराबरको एक सय १२ मेट्रिक टन फापर, रु छ करोड ६६ लाख ६६ हजार मूल्य बराबरको दुई हजार ८३ मेट्रिक टन अम्बक र रु ३४ लाखको पानको पात भारतबाट आयात भएको छ ।

खाद्यान्नमा चामल र फलफूलमा तरबुजाको आयात उच्च मात्रामा भइरहेको छ । कार्यालयका अनुसार सोही अवधिमा रु १७ करोड ३१ लाख २० हजार मूल्य बराबरको चार हजार तीन सय २८ मेट्रिक टन चामल र रु १७ करोड २८ लाख २४ हजार मूल्य बराबरको सात हजार दुई सय एक मेट्रिक टन तरबुजा भारतबाट आयात भएको छ ।

पूर्वीनाका काँकडभिट्टाबाट विगत एक वर्षमा जम्मा रु छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको थियो । जसमा रु तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार मूल्यको ताजा तरकारी र रु दुई अर्ब ९४ करोड ८१ लाख ६८ हजार मूल्यको फलफूल आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानले उत्पादन गर्दै आएको तरकारी बाली बजारमा बिक्री नभएको मेचीनगरको महालक्ष्मी कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष दुर्गा खतिवडाले गुनासो गरे । उनका अनुसार संस्थाले जग्गा भाडामा लिएर सञ्चालन गरेको कृषि फार्ममा उत्पादन भएको भिन्डीले उचित बजारभाउ नपाएपछि घाटा सहेर अतिकम मूल्यमा बिचौलियालाई बेच्नुपरेको बताए ।

इलाम नगरपालिकावडा नं १२ की तुलसा रायाले यही वर्ष बारीमा फलेका करिब एक ट्रक फर्सी नबिकेपछि गाईवस्तुलाई खोले खुवाएको बताइन् । “बारीमा फलेका फर्सी, इस्कुस, बिहीजस्ता तरकारी बिक्री हुँदैनन्”, रायाले भनिन्, “त्यसै कुहिएर खेर जान दिनुभन्दा गाईवस्तुलाई खुवाउनु राम्रो हुन्छ जस्तो लाग्यो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी मलाई अदालतले न्याय दिनेछ: रवि लामिछाने रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी