२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्माण कम्पनीको लापरबाहीले महिना दिनमै उप्कियो कालोपत्र

२०८०, १३ श्रावण शनिबार १०:४७

साउन १३, ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डमा पर्ने करिब एक सय ४२ किलोमिटरमध्ये अधिकांश सडक कालोपत्र भइसकेको छ । बागलुङ–घोडाबाँधे खण्डको १५ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । 

वर्षौं अगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि अहिले मर्मत भइरहेको छ । निर्माण कम्पनीले केही दिनमै काम सक्ने गरी तीव्रता दिए पनि मर्मत भएका केही ठाउँमा बीच भागमै कालोपत्रे उप्किएको छ ।

एक महिना नबित्दै कालोपत्र उप्किन थालेको भन्दै स्थानीयले निर्माण कम्पनी र सरोकारवाला निकायले  लापरबाही गरेको आरोप लगाएका छन् । विसं २०७९ असार २२ मा लोकमार्ग कार्यालयसँग सम्झौता गरी जोशी निर्माण कम्पनी काठमाडौँले काम थालेको थियो । 

निर्माण कम्पनीले कालोपत्र गरेको लोकमार्गको नरठाँटी, काफलठूटा, झाँक्रीस्थानलगायत ठाउँमा उप्किएको यात्रु तिलबहादुर खत्रीले बताए। यस क्षेत्रमा कालोपत्र भएको महिना दिन पनि नपुगेको भन्दै उनले यसरी काम गर्दागर्दै कालोपत्र उप्कँदा आवागमनमा सास्ती भएको बताए ।

‘के काम गरेको होला यस्तो, काम गर्दैछ, सडक उक्किँदैछ, यस्तो पनि हुन्छ, सरोकारवाला निकायले निगरानी गर्नुपर्ने हो’, खत्रीले भने, ‘यसको जिम्मेवारी कसले लिने  गुणस्तरहीन काम भएकोप्रति स्थानीय सरकारको छिटो ध्यान जाओस् र समाधान खोजियोस् ।’

निर्माण कम्पनीले रू १३ करोड ९९ लाखमा आगामी असोज २१ गतेसम्म सडक मर्मत सक्ने गरी ठेक्का लिएको थियो । मध्यपहाडी लोकमार्गका इञ्जिनियर राजन पाण्डेले मर्मतका लागि तोकिएको रकममध्ये रू एक करोड भुक्तानी लिन बाँकी रहेको बताए । उनले जेठमा कालोपत्र भएको स्थानमा पहिरो र भल आएर भत्किएकाले उक्त स्थानमा पुनः मर्मत गरिने जानकारी दिए । पाँच किलोमिटर कालोपत्र गरेकामा करिब ५० मिटर सडकमा उप्किने र भत्किने समस्या भएको उनको भनाइ छ । 

‘अहिले जहाँजहाँ भत्किएको छ, सोही स्थानमा यसअघि पनि भत्किने गरेको रहेछ, भौगोलिक नाजुकताका कारण यो समस्या आएको हो’, इञ्जिनियर पाण्डेले भने, ‘जेठामा कालोपत्र गरेपछि ठूलो पानीसँगै भल आयो र भत्कियो । यसलाई निर्माण कम्पनीले पुनःमर्मत गर्नेछ ।’ उनले भत्किएका स्थानमा कालोपत्र भन्दा ढलान गर्नुपर्ने बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी