Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शिक्षक नियुक्तदेखि बर्खास्तसम्मको अधिकार स्थानीय तहलाई

२०८०, १८ श्रावण बिहीबार १२:४०

साउन १८, काठमाडौँ | प्रस्तावित ‘विद्यालय शिक्षा ऐन, २०८०’ ले स्थानीय तहलाई निकै बलियो बनाएको छ । यतिसम्म कि शिक्षकको नियुक्तिदेखि बर्खास्तसम्मको अधिकार दिइएको छ । त्यस्तै विद्यालय खोल्नका लागि स्वीकृति दिनेदेखि विद्यालय बन्द गराउने सम्मको अधिकार स्थानीय तहलाई दिइएको छ ।

प्रस्तावित मस्यौदाका अनुसार सार्वजनिक विद्यालयको स्थापना र सञ्चालन स्थानीय तहले गर्नेछ । स्थानीय तहले नै कानुन बमोजिम विद्यालयको स्थापना तथा सञ्चालन वा कक्षा वा तह थपको अनुमति समेत दिनेछ ।

ऐन प्रारम्भ हुँदाका बखत सार्वजनिक विद्यालयमा कायम रहेका शिक्षक दरबन्दीलाई मन्त्रालयले दरबन्दी मिलान गरी स्थानीय तहलाई हस्तान्तरण गर्नेछ ।

ऐन प्रारम्भ भएपछि रिक्त हुन आउने शिक्षक दरबन्दीको पदपूर्ति शिक्षक सेवा आयोगको सिफारिसमा स्थानीयले गर्नेछ ।

शिक्षकको सरुवा, बढुवा, पदस्थापन, नसिहत, बर्खास्त लगायतका कार्य समेत स्थानीय तहले गर्नेछ । एक स्थानीय तहको सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकलाई अर्को स्थानीय तहको सार्वजनिक विद्यालयमा सरुवा गर्दा भने नियुक्ति भएको मितिले कम्तीमा ५ वर्ष पूरा नभएसम्म सरुवा गर्न पाइनेछैन ।

शिक्षकले कुनै गलत काम गरेमा सुपरिवेक्षक वा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतले कारण खोली चेतावनी दिन सक्नेछ । र सोको अभिलेख सम्बन्धित शिक्षकको व्यक्तित्व विवरण रहेको फाइलमा राख्नुपर्नेछ ।

शिक्षकले समय पालना नगरेमा, मन्त्रालय, प्रदेश सरकार, मन्त्रालय अन्तर्गतका निकाय र स्थानीय तहले दिएको आदेश पालना नगरेमा, पदीय मर्यादा अनुकूल कार्य नगरेमा, परीक्षा र पठनपाठन सम्बन्धी काममा लापरबाही वा ढिलासुस्ती गरेमा सुपरिवेक्षक वा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतले चेतावनी दिन सक्नेछ ।

उचित र पर्याप्त कारण भएका शिक्षकलाई नसिहत दिने, बढीमा पाँच तलब रोक्का गर्ने वा बढीमा पाँच वर्षसम्म बढुवा रोक्ने अधिकार समेत स्थानीय तहलाई छ । त्यस्तै भविष्यमा शिक्षक सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने, भविष्यमा शिक्षक सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने सम्मको विशेष सजाय दिन सकिनेछ ।

त्यस्तो खालको सजाय गर्ने अधिकार प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र सेवाबाट हटाउने वा बर्खास्त गर्ने सम्बन्धी स्थानीय तहले गर्नेछ । विभागीय सजायको आदेश दिने अधिकारले त्यस्तो शिक्षकलाई दिन लागिएको सजाय प्रस्ताव गरी आयोगको परामर्श लिनुपर्ने भन्ने मस्यौदामा उल्लेख गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ