2026-09-20 02:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सप्तरीमा जसपा र एकीकृत समाजवादीका चार पालिका प्रमुख भ्रष्टाचार मुद्दाका कारण निलम्बित

भदौ १५, काठमाडौँ । सप्तरीमा जसपाका तीन जना पालिका प्रलुख र एकीकृत समाजवादीका एक पालिका प्रमुख गरि चार पालिका प्रमुख भ्रष्टाचार मुद्दाका कारण निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपछि निलम्बनमा परेका हुन् । 

जिल्लाको राजविराज नगरपालिकाका प्रमुख भीमराज यादव, विष्णु गाउँपालिकाका प्रमुख उमेशप्रसाद यादव र बोदे बरसाइन नगरपालिकाका आतेशकुमार सिंह यादवलाई भ्रष्टाचार मुद्धा लागेको हो । यी मध्ये राजविराज नगरपालिकाका प्रमुख भीमराज यादवलाई विशेष अदालतले दोषी नै ठहर गरिसकेको छ । 

त्यस्तै जसपाबाटै निर्वाचित विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवलाई घुससम्बन्धी घटनामा अख्तियारले नियन्त्रणमा लिएपछि निलम्बित भएका हुन् । 

यस्तै बोदे बरसाइन नगरपालिका मेयर आतेशकुमार सिंह यादवलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेको छ । जसको कारण उनि निलम्बित भएका हुन् । 

यस्तै शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र प्रसाद गुप्ता कलवार पनि निलम्बित भएका छन् । मेयर कलवार नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । अख्तियार दुरुपयोग आयोगले उनीविरुद्ध विशेष अदालतमा घुस लिएको आरोपमा आरोप पत्र दायर भएसँगै उनी निलम्बित भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो