१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब ज्वालामूखी गाउँपालिकामा अनलाइनबाटै राजस्व भुक्तानी गर्न सकिने

१८ भाद्र २०८०, सोमबार ०२:०५

भदौ १८, काठमाडौँ । ज्वालामूखी गाउपालिकाले आइतबारदेखि अनलाइन राजस्व भुक्तानी सेवा संचालनमा ल्याएको छ । आईतबार ज्वालामूखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले अनलाइन राजस्व भुक्तानी सेवाको शुभारम्भ गरेका हुन् । 

गाउँपालिकाले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत अनलाइन राजस्व भुक्तानीको सुरूवात गरेको जनाएको छ । अनलाइनबाटै राजस्व भुक्तानी गर्न सकिने व्यवस्था संगै अब गाउँपालिकाका सेवाग्राहीहरुले गाउँपालिकाको 'करदाता पोर्टल' खोलि आफ्नो विवरण एवं करको अभिलेख हेर्न तथा भुक्तानी गर्न सक्ने भएका छन् । अनलाइन सेवा लिन भुक्तानीको लागि इ–सेवा र खल्तीको प्रयोग गर्न सकिने भएको छ । 

यस्तो सेवा लिन चाहनेहरुले गाउँपालिकाको वेवसाईट jwalamukhimun.gov.np मा गई करदाता पोर्टल खोली आफ्नो करदाता संङ्केत नं. राखेर रजिष्टर गरि सिधै भुक्तानी गर्न सक्छन् । 


ज्वालामूखी गाउँपालिका कार्यालयको कर संकलन प्रणाली सफ्टवेयरमा करदाताको रुपमा दर्ता भई सो सफ्टवेयरले जेनेरेट गरेको आफ्नो आधिकारीक ८ अंकको करदाता संकेत नं जस्तैः (०१-०१-०००१) प्राप्त गरिसकेपछि मात्र कर पोर्टलमा इन्टरनेटको पहुँचबाट आफ्नो आधिकारिक Username र Password राखि प्रयोगकर्ता दर्ता गरि आफ्नो विवरण हेर्न साथै कर भुक्तानी गर्न सकिन्छ । 

करदाताको रूपमा दर्ता गर्दा करदाताले अनिवार्य आफ्नो मोबाईल नम्बर र इमेल पालिकालाई उपलब्ध गराउनु पर्ने हुन्छ । त्यस पश्‍चात नगरपालिकाले उपलब्ध गराएको करदाता संकेतको आधारमा प्रयोगकर्ताले आफ्नो विवरण पोर्टलमा Register गर्न सक्छ । त्यसरी रजिस्टर गरेपछि प्रयोगकर्ताको मोबाएल तथा इमेलको OTP Verification पश्चात उक्त username र password प्रयोग गरी जहाँसुकैबाट पनि पालिकालाई आफ्नो व्यक्तिगत विवरण, सम्पत्ति विवरण, कर तिर्नुपर्ने विवरण तथा कर तिरेको विवरण लगायतको विवरण यस कर पोर्टलमा हेर्न सकिन्छ ।

गाउपालिकाले हालसम्म यसअघि कार्यालयमै पुगेर कर तिरेका ९ हजार भन्दा बढी करदाता प्रणालीमा आबद्ध भइसकेका छन् । उनीहरुले अनलाइनबाटै कर तिर्न चाहेको खण्डमा पालिकामा सम्पर्क राख्न सक्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता