४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्यटक चहलपहल बढ्न थालेपछि व्यवसायी उत्साहित

२३ भाद्र २०८०, शनिबार ०९:१०

भदौ २३, बेनी | म्याग्दीको पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

बर्खायाम नसकिँदै विदेशी पर्यटकको आगमन सुरु भएको जनाउँदै भदौको पहिलो सातादेखि दैनिकरूपमा २० देखि एक सय जनासम्म विदेशी पर्यटक पुनहिल पुग्न थालेका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले जानकारी दिइन् आगामी सिजनका लागि विदेशी पर्यटकले धमाधम होटल बुकिङ गर्न थालेका उनले बताइन् । 

पुनका अनुसार असोजदेखि मङ्सिरसम्म र फागुनेदखि जेठसम्म धेरै पर्यटक आउने गर्छन् । मुख्य सिजनमा यहाँ दैनिक चार सयदेखि एक हजारसम्म पर्यटक भित्रने गरेका उनले भनिन्। उनका अनुसार अहिले पर्यटन सिजन सुरु नहुँदै विदेशीसँगै आन्तरिक पर्यटकसमेत घोडेपानी आउन थालेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् ।

विभिन्न विद्यालय, कलेज, सङ्घसंस्था र समूहबाट सामूहिकरूपमा भ्रमणमा आउनेसमेत बढेका स्थानीय पर्यटन व्यवसायी ज्ञानबहादुर गर्बुजाले बताए । घोडेपानीसम्म नै सडकको पहुँच जोडिएपछि आन्तरिक पर्यटकको आवागमन बढेको उनको भनाइ थियो ।

गाउँपालिकामार्फत पुनहिलमा प्रवेश शुल्क र टिसप सञ्चालनका लागि स्थानीय पाँच जना व्यवसायीले रू ६३ लाख ११ हजारमा ठेक्का लिएका पालिका कार्यालयले जनाएको छ । पुनहिलमा नेपालीलाई प्रतिव्यक्ति रू ५० र विदेशी पर्यटकलाई रू एक सय प्रवेश शुल्क लिने गरिएको छ ।

‘यस क्षेत्रमा पर्यटकको आवागमन सुरु भएको छ, हामीले घोडेपानीबाट पुनहिल पुग्ने पदमार्गलाई सरसफाइ गरेर चिटिक्क पारेका छौँ’, गर्बुजाले भने, ‘पर्यटकले पनि आफ्नो भ्रमण तालिका बनाएर होटल बुकिङ गर्न थाल्नुभएको छ ।’ उनका अनुसार यस क्षेत्रमा सिजन पहिले नै बाह्य तथा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायीले होटलको क्षमता विस्तार गरेका छन् । 

गर्बुजाले ४३ घरधुरीको बसोबास रहेको घोडेपानीमा २६ ठूला होटल सञ्चालनमा रहेका जानकारी दिए। अन्य घरमा पसल र खाजाघर सञ्चालनमा छन् । ‘समुद्री सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा परिचित छ’, उनले भने, ‘यहाँबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ ।’

मनोरम प्राकृतिक दृश्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणका कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा पार्ने गरेका अष्ट्रेलियाका पर्यटकलाई भ्रमणमा लिएर आएका नेपाल वेयल्ड प्रालिका सञ्चालक रामहरि न्यौपानेले बताए । 

यस क्षेत्रको भ्रमण सकेर जाने पर्यटक यहाँको प्राकृतिक सौन्दर्यताले लोभिएर पुनः भ्रमणमा आउने गरेका उनको भनाइ थियो । ‘पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । सूर्योदयको अवलोकन गर्न पुनहिलमा हरेक बिहान पर्यटकको भीड लाग्ने गर्छन्’, न्यौपानेले भने। 

घोडेपानीका पर्यटन व्यवसायीले यस क्षेत्रलाई पदमार्ग र सडक दुवैको सहज पहुँच बनाउन लागिपरेका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष पुनले बताए। उनका अनुसार अहिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घोडेपानी सडक सञ्जालले जोडिएको छ ।

यहाँबाट कास्कीको उल्लेरी जोड्ने सडक निर्माण गर्न स्थानीयवासीले माग गरेका छन् । कास्कीबाट घोडेपानी जोड्ने परम्परागत पदमार्गलाई विस्थापित नगरी नयाँ सडकको पहुँच जोड्ने योजनामा रहेको घोडेपानीका पर्यटन व्यवसायी एवं अन्नपूर्ण गाउँपालिकाका निवर्तमान अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी ओमानका कप्तान अकिब ल्यास विराटनगर किङ्सबाट एनपीएल खेल्ने अन्तर्राष्ट्रिय फुटबलमा मेसीको अर्को नयाँ कीर्तिमान एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड सोमपाल नायक बन्दा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा लुका मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै एमालेको सचिवालय बैठक आज बस्दै आजको मौसम: यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ