2026-07-28 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्यटक चहलपहल बढ्न थालेपछि व्यवसायी उत्साहित

भदौ २३, बेनी | म्याग्दीको पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

बर्खायाम नसकिँदै विदेशी पर्यटकको आगमन सुरु भएको जनाउँदै भदौको पहिलो सातादेखि दैनिकरूपमा २० देखि एक सय जनासम्म विदेशी पर्यटक पुनहिल पुग्न थालेका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले जानकारी दिइन् आगामी सिजनका लागि विदेशी पर्यटकले धमाधम होटल बुकिङ गर्न थालेका उनले बताइन् । 

पुनका अनुसार असोजदेखि मङ्सिरसम्म र फागुनेदखि जेठसम्म धेरै पर्यटक आउने गर्छन् । मुख्य सिजनमा यहाँ दैनिक चार सयदेखि एक हजारसम्म पर्यटक भित्रने गरेका उनले भनिन्। उनका अनुसार अहिले पर्यटन सिजन सुरु नहुँदै विदेशीसँगै आन्तरिक पर्यटकसमेत घोडेपानी आउन थालेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् ।

विभिन्न विद्यालय, कलेज, सङ्घसंस्था र समूहबाट सामूहिकरूपमा भ्रमणमा आउनेसमेत बढेका स्थानीय पर्यटन व्यवसायी ज्ञानबहादुर गर्बुजाले बताए । घोडेपानीसम्म नै सडकको पहुँच जोडिएपछि आन्तरिक पर्यटकको आवागमन बढेको उनको भनाइ थियो ।

गाउँपालिकामार्फत पुनहिलमा प्रवेश शुल्क र टिसप सञ्चालनका लागि स्थानीय पाँच जना व्यवसायीले रू ६३ लाख ११ हजारमा ठेक्का लिएका पालिका कार्यालयले जनाएको छ । पुनहिलमा नेपालीलाई प्रतिव्यक्ति रू ५० र विदेशी पर्यटकलाई रू एक सय प्रवेश शुल्क लिने गरिएको छ ।

‘यस क्षेत्रमा पर्यटकको आवागमन सुरु भएको छ, हामीले घोडेपानीबाट पुनहिल पुग्ने पदमार्गलाई सरसफाइ गरेर चिटिक्क पारेका छौँ’, गर्बुजाले भने, ‘पर्यटकले पनि आफ्नो भ्रमण तालिका बनाएर होटल बुकिङ गर्न थाल्नुभएको छ ।’ उनका अनुसार यस क्षेत्रमा सिजन पहिले नै बाह्य तथा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायीले होटलको क्षमता विस्तार गरेका छन् । 

गर्बुजाले ४३ घरधुरीको बसोबास रहेको घोडेपानीमा २६ ठूला होटल सञ्चालनमा रहेका जानकारी दिए। अन्य घरमा पसल र खाजाघर सञ्चालनमा छन् । ‘समुद्री सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा परिचित छ’, उनले भने, ‘यहाँबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ ।’

मनोरम प्राकृतिक दृश्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणका कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा पार्ने गरेका अष्ट्रेलियाका पर्यटकलाई भ्रमणमा लिएर आएका नेपाल वेयल्ड प्रालिका सञ्चालक रामहरि न्यौपानेले बताए । 

यस क्षेत्रको भ्रमण सकेर जाने पर्यटक यहाँको प्राकृतिक सौन्दर्यताले लोभिएर पुनः भ्रमणमा आउने गरेका उनको भनाइ थियो । ‘पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । सूर्योदयको अवलोकन गर्न पुनहिलमा हरेक बिहान पर्यटकको भीड लाग्ने गर्छन्’, न्यौपानेले भने। 

घोडेपानीका पर्यटन व्यवसायीले यस क्षेत्रलाई पदमार्ग र सडक दुवैको सहज पहुँच बनाउन लागिपरेका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष पुनले बताए। उनका अनुसार अहिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घोडेपानी सडक सञ्जालले जोडिएको छ ।

यहाँबाट कास्कीको उल्लेरी जोड्ने सडक निर्माण गर्न स्थानीयवासीले माग गरेका छन् । कास्कीबाट घोडेपानी जोड्ने परम्परागत पदमार्गलाई विस्थापित नगरी नयाँ सडकको पहुँच जोड्ने योजनामा रहेको घोडेपानीका पर्यटन व्यवसायी एवं अन्नपूर्ण गाउँपालिकाका निवर्तमान अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ