पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>भदौ ३०, काठमाडौं | </b>नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आज राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजलमा ३ रुपैयाँ बढाएको हो ।<br></p><p>पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँ र डिजेलको मूल्य १७३ रुपैयाँसम्म पुगेको छ । निगमले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको १.१२ र डिजेलको २.९१ रुपैयाँ प्रतिलिटर बढेर आएको जनाएको छ । स्वचालित मूल्य प्रणाली अनुसार नेपालमा पनि मूल्य बढेको निगमले जनाएको छ ।</p>

