Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 21, 2023 अर्थ/विकास

घाटा खाएर आलु बिक्री गर्दै किसान

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

असोज ४, भोजपुर | भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् । आलुको मूल्यमा ५० प्रतिशत बढीले गिरावट आएको छ ।

विगत वर्षको तुलनामा यस वर्ष आलुको मूल्य आधाले घटेको टेम्केमैयुङ–५ चोलन्तीका पुष्कर विष्टले बताए ।

किसानले गत वर्ष प्रतिकिलो ५० मा बिक्री गरेको आलु यस वर्ष प्रतिकिलो २५ मा बिक्री गर्न थालेको उनको भनाइ छ ।

चोलन्ती गाउँ र मझौले गाउँमा वार्षिकरुपमा ५० देखि ५५ मेट्रिक टनसम्म आलु उत्पादन हुने गरेको किसान बताउँछन् । ‘यस वर्ष आलुको मूल्य घटेपछि किसानमा निरासा बढेको छ’, विष्टले भने, ‘मूल्यमा भारी गिरावट आएपछि किसानलाई लागत उठाउन समस्या परेको छ ।’

यहाँका किसानले घरबाट नै आलु बिक्री गर्दै आएका छन् । यस वर्ष आलुको उत्पादन बढे पनि मूल्यमा  गिरावट आएको छ ।

लामो समयसम्म भण्डारण गर्दा कुहिने समस्या हुने भएकाले दुई हजार पाँच सय किलो आलु बाध्य भएर कम मूल्यमा बिक्री गरेको उनको भनाइ छ । आलुबाट मेहनतअनुसारको प्रतिफल नपाएपछि निराशा थपिएको विष्टको भनाइ छ ।

‘आलुको उचित मूल्य नपाए पनि कुहिने र बिग्रने डरले बिक्री गरेँ’, उनले भने, ‘लामो समयसम्म भण्डारण गर्न पाएको भए मूल्य राम्रै पाइने थियो । आलु उत्पादक किसानका लागि भण्डारण केन्द्रको व्यवस्था भए उचित मूल्यमा बेच्न सकिन्थ्यो । राज्यले यसमा ध्यान दिनसके किसानलाई राहत हुने थियो ।’

ठेकेदारले किसानले बोकेर सडकमा ल्याएको आलुलाई २८ रुपैयाँ तथा घरमा पुगेर २५ रुपैयाँमा खरिद गर्ने गरेका छन् ।

यहाँको चोलन्ती र मझौले गाउँलाई आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ । चोलन्ती गाउँबाट मात्र यस वर्ष करिव १५ मेट्रिक टन आलु खाँदबारी, धरान, इटहरी विराटनगर, काठमाडौँलगायत शहरमा बिक्री भएको स्थानीय व्यापारी लालबहादुर किसानले बताए ।

‘यस वर्ष तराई क्षेत्रका बजारमा पनि आलुको राम्रो मूल्य छैन’, उनले भने, ’यहाँका किसानको घरबाट प्रतिकिलो ‘२५ देखि २८ रुपैयाँमा खरिद गरेर लैजाँदै आएका छौँ  । विगतका वर्षमा आलुको मूल्य निकै राम्रो थियो । तर यस वर्ष बाह्य बजारमा पनि आलुको उचित मूल्य छैन ।’

मझौलेका किसानको भने हालसम्म आलु बिक्री नभएको स्थानीय हिरालाल लुइँटेलले बताए । मूल्यको कारण यहाँका अधिकांश  किसानको आलु बिक्री नभएको उनको भनाइ छ ।

उत्पादित आलुको बजारीकरणमा राज्यले सहयोग गरे किसान मारमा नपर्ने किसान लुइँटेलको भनाइ छ । बजारको पर्खाइमा बस्दा किसानको आलु कुहिएर नष्ट हुने अवस्था आएको उनले बताए ।

मझौले गाउँका एउटा किसानले पाँच सय किलोदेखि तीन हजार किलोसम्म आलु उत्पादन गर्दै आएको स्थानीय सन्तोष विष्टले बताए । यहाँका ८५ बढी घरपरिवारले व्यावसायिक रुपमा आलुको खेती गर्दै आएका उनको भनाइ छ ।

“यहाँको मुख्य उत्पादन नै आलु र मकै हो”, विष्टले भने । यस क्षेत्रमा बढी मात्रामा भोटाङ्गे पंखदले, धराने, सैलुङगेलगायत जातका आलु उत्पादन हुने गरेको छ ।