2026-07-11 08:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पशुपतिनाथको सुनमा अनियमितता भएको निष्कर्ष, को–को मुछिएलान् ?

असोज ७, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा अनियमितता भएको निष्कर्ष निकालेको छ । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा मुचुल्का अनुसार जडान नभएको र छानबिन सुरु गरेपछि सुनको पेटी थप्ने काम भएको भन्दै अनियमितता भएको निष्कर्ष निकालेको हो ।

‘इमान्दारितापूर्वक काम भएको थियो भने मुचुल्कामा पछि थपघट गर्नुपर्ने अवस्था थिएन’ अख्तियार उच्च स्रोतले भन्यो, ‘जहिले छानबिन सुरु हुन्छ वा अनुसन्धान अघि बढ्छ । त्यसपछि कागजात सच्याउने, सुन भेटिने काम भएको छ । त्यसका आधारमा अनियमितता भएको निष्कर्ष निकालिएको हो ।’ 


पशुपतिनाथ मन्दिरमा सर्वोच्चको आदेशविपरित सुनको जलहरी राखियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले जलहरी राख्न सरकारले सहयोग गर्ने वचन दिएपछि शुरु भएको जलहरी प्रकरण अख्तियारमा मुद्दा दायर भएपछि बाहिर आयो । तर, यो विषयका कारण एमालेले संसद नै अवरोध गर्न पुग्यो । माओवादी केन्द्रका सांसदले सुनको जलहरी राख्दा अनियमितता भएको भन्दै यसमा एमाले अध्यक्ष केपी ओलीलाई जोडिदिए । जलहरी राख्दा अनियमितता भएको भन्दै ती सांसदले संसदमा आवाज उठाएपछि एमाले आक्रोशित बन्यो ।

संसदमा अवरोध र आरोप–प्रत्यारोपपछि एमालेले सरकारसँग जलहरी प्रकरणमा निर्दोषिताको माग राख्यो । सरकारले पनि एमालेमाथि लागेको आरोपलाई पन्छाउने सहमति गरेपछि संसद खुल्यो र प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले जलहरी प्रकरणमा ओली र एमालेलाई जोडिएकोमा दुख व्यक्त गर्दै यो विषय उठाउने सांसदमाथि केहि अप्रिय सुनिए । र यो प्रकरणको अभिव्यक्ति संसदको रेकर्डबाटै हटाउन निर्देशन समेत दिइयो ।

जलहरी प्रकरणमा कुनै अनियमितता नभएको र जोख्दा सुन जस्ताको त्यस्तै भेटिएको भन्दै एमाले अध्यक्ष केपी ओलीले भने सत्ता गठबन्धनमाथि निरन्तर प्रहार गर्न थाले । ओलीले जलहरीको विषयमा सत्ता गठबन्धनले रिसिबी साँधेकोदेखि अनेकन आक्षेप लगाए ।

संसदीय समितिमा जलहरी प्रकरणबारे स्पष्टीकरण दिन पुगेका पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव मिलनकुमार थापाले सो जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको भन्दै रोए ।

यसपछि सुन जोखियो । जोख्दा सुन भेटियो । तर, अख्तियारले गरेको अनुसन्धानमा भने अनियमितता भएको पुष्टी भएको बताइन्छ । जलहरी राख्दा मुचुल्का अनुसार सुन नभएको र छानबिन सुरु गरेपछि सुनको पेटी थप्ने काम भएको भन्दै अनियमितता भएको निष्कर्ष अख्तियारको छ ।

अख्तियारले अनियमितताको मुद्दा अघि बढाउने तयारी गरेपछि थापाले भने आफूमाथि अख्तियारले बार्गेनिङ गरेको र बदनियत राखेर यातना दिएको भन्दै विभिन्न समितिदेखि राष्ट्रपति कार्यालयसम्म गुहार्न पुगेका छन् । संसदीय समितिमा समेत रोएका उनले अख्तियारले बार्गेनिङ गरेको आरोप लगाउदै गर्दा उनले भरपर्दो प्रमाण केहि सार्वजनिक गर्न सकेका छैनन् । तर, अख्तियारले गरेको अनुसन्धानको निष्कर्षले गम्भीर प्रश्न उब्जाएको छ । मुचुल्कामा नभेटिएको सुन पछि पेटि बनाउने नाममा राखिएपछि प्रश्न उठ्नु स्वभाविक हो । यो विषयमा स्वतन्त्र र निष्पक्ष छानबिन नभएसम्म आक्षेपको दाग मेटिने अवस्था देखिन्न ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट