2026-07-28 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालमा एक वर्षमा बढ्यो ३७ अर्ब वैदेशिक लगानी

असोज ११, काठमाडौँ | आर्थिक वर्ष २०७८/७९ मा नेपालमा करिब ३७ अर्ब बराबरको प्रत्यक्ष वैदेशिक लगानी बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणअनुसार हाल नेपालमा दुई खर्ब ६४ अर्ब ३२ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ।

आर्थिक वर्ष २०७७/७८ मा नेपालमा भएको यस्तो लगानी दुई खर्ब २७ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो भने आर्थिक वर्ष २०७६/७७ मा एक खर्ब ९८ अर्ब ५२ करोड रहेको थियो।

पछिल्ला चार वर्षमा अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी बढेकोमा आर्थिक वर्ष २०७८/७९ मा मात्रै ३७ अर्ब बढेको छ। आर्थिक वर्ष २०७५/७६ मा नेपालमा यस्तो लगानी एक खर्ब ८२ अर्ब ९१ करोड रहेको थियो। यो आप्रवाह भएर बढेको रकम मात्रै नभई बढेको नाफा र बढेको मूल्यको कारण देखिएको लगानी हो।

सर्वेक्षणअनुसार नेपालमा भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड लगानी रहेको छ। त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ