पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज २६, काठमाडौँ | </b>शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलमा ६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढ्दै १ लाख १० हजार एक सय रुपैयाँ पुगेको हो । <br></p><p>यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ६ सय रुपैयाँले नै बढ््दै १ लाख ९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । </p><p>यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै प्रतितोला एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । </p>

