Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 1, 2023 अर्थ/विकास

हुण्डी कारोबारी: स्रोत नखुलेको २१ लाख रुपैयाँसहित किशोर पक्राउ

By साझासवाल 4 मिनेट पढाइ

कात्तिक १५, विराटनगर । स्रोत नखुलेको २१ लाखभन्दा बढी रकमसहित एक किशोरलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।

मंगलबार विराटनगर महानगरपालिका–६ बाट २१ लाख ८७ हजार नेपाली रुपैयाँसहित १६ वर्षीय किशोर पक्राउ परेको मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान टोलीले उनलाई पक्राउ गरेको थियो ।

प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको मोटरसाइकलमा सवार रहेका ती किशोरले झोलामा रकम बोकेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

पक्राउ परेका किशोरको साथबाट एक हजार दरका एक हजार छ सय ८७ र पाँच सय दरका एक हजारवटा नोट बरामद गरिएको छ । उनको साथबाट विभिन्न बैंकका चेक पनि बरामद भएको प्रहरीले जनाएको छ ।

ती किशोरलाई रकमसहित अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीले जनाएको छ ।

हुण्डी कारोबारीमा संलग्नहरुले किशोरलाई अवैध रकम ओसारपसारका लागि प्रयोग गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

पक्राउ परेका किशोरले कुनै अपरिचित व्यक्तिले आफूलाई उक्त रकम कुमारी बैंकमा पुर्याइदिन भनेको प्रहरीलाई बताएका छन् । टेलिफोन सम्पर्कमा कुराकानी भएको भन्दै रकम धनीलाई आफूले नचिनेको उनको भनाइ छ ।

यसअघि पनि पटक पटक त्यसरी रकम पुर्याइदिने गरेको र त्यसवापत आफूले रकम पाउने गरेको किशोरले प्रहरीमा बताएका छन् ।

विराटनगरमा यसअघि पनि पटक पटक हुण्डी कारोबारीले रकम ओसारपसार गरेको भेटिएको थियो ।