मङ्सिर १, काठमाडौँ | साताको अन्तिम कारोबारका दिन सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको छ ।

गत सोमबार मात्रै प्रतितोला एक लाख १३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा दुइ हजार तीन सय रुपैयाँले बढेर एक लाख १५ हजार पाँच सय रुपैयाँ कायम भएको हो । तीहार बिदाको तीनदिनपछि खुलेको सुनको पहिलो कारोबारको दिन नै २३ सय रुपैयाँले मुल्य वृद्धि भएको हो ।

त्यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसदिन बजारमा चाँदी तोलामा ९० रुपैयाँले बढेर एक हजार ४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । भने, गत सोमबार मात्रै चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

२३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?