२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजदेखि बैंकहरुको नयाँ ब्याजदर लागूः कुन बैंकको कति ?

१ मंसिर २०८०, शुक्रबार १०:४२

मङ्सिर १, काठमाडौँ | शुक्रवारदेखि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर लागू भएको छ । बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरी लागू गरेका हुन् । 

वाणिज्य बैंकहरुमा अधिकांशले बैंकको ब्याजदर घटाएका छन् । कात्तिकको तुलनामा मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.३३१६ प्रतिशत र संस्थागत मुद्दतीमा औसतमा ०.३०६६ प्रतिशत बिन्दुले ब्याजदर घटाएका हुन् । कात्तिक महिनामा बैङ्कहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ९.९६४ प्रतिशत र संस्थागत निक्षेपतर्फ ७.८५२६ प्रतिशत रहेको रहेको थियो ।

 व्यक्तिगततर्फ २० वटा वाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाउँदा एउटा बैंकले मात्रै ब्याजदर बढाएको छ । कात्तिक महिनाकै ब्याजदरलाई कायम राख्ने बैंकहरु ६ वटा बैंक छन् । माछापुच्छ्रे बैंकले भने केही प्रतिशत ब्याजदर वृद्धि गरेको छ । कात्तिकमा माछापुच्छ्रेले व्यक्तिगत निक्षेपतर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.४९ प्रतिशत ब्याजदर तोकेको थियो । 

तर मंसिरका लागि लागि भने बैंकले व्यक्तिगत र संस्थागततर्फ क्रमशः १०.६०३ प्रतिशत र ८.६०३ प्रतिशत कायम गरेको छ । माछापुच्छे्र बैंकले मंसिरमा बचतमा ५.६० देखि ८.६० प्रतिशत ब्याज दिने भएको छ । मंसिरमा ब्याजदर घटबढ नगर्नेमा नेपाल बैंक, सिटिजन्स, सिद्धार्थ, लक्ष्मी सनराइज, कुमारी र प्राइम कमर्सियल बैंक छन् ।

 यी बैंकले भने कात्तिकको ब्याजदरलाई निरन्तरता दिने भएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले मङ्सिर महिनामा व्यक्तिगत निक्षेपतर्फ ८.९७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत, नबिल बैंकले व्यक्तिगततर्फ ९.१ प्रतिशत र संस्थागततर्फ ७.१ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट मेगाले व्यक्तिगततर्फ ९.५१ प्रतिशत र संस्थागततर्फ ७.५१ प्रतिशत, कृषि विकासले व्यक्तिगततर्फ ९.५१२ प्रतिशत र संस्थागततर्फ ७.५१२ प्रतिशत, ग्लोबल आइएमईले व्यक्तिगततर्फ ९.६ प्रतिशत र संस्थागततर्फ ७.६ प्रतिशत ब्याज दिने भएका हुन् । त्यसैगरि हिमालयन बैंक र नेपाल एसबिआईले मंसिर महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ १०.६३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत ब्याज दिने भएका हुन् । 

सबैभन्दा धेरै ब्याजदर एनआईसी एसिया बैंकले २.०३५ प्रतिशतले घटाएको छ । मङ्सिरका लागि बैंकले व्यक्तिगततर्फ ८.९६८ प्रतिशत र संस्थागततर्फ ६.९६८ प्रतिशत ब्याज दिने भएको हो । एनएमबि बैंकले व्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर कायम गरेको छ । 

कात्तिकको तुलनामा बैंकले ब्याजदर १.२४३ प्रतिशतले घटाएको हो । मंसिरका लागि एभरेस्ट बैंक, प्रभु, सानिमा, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर तोकेका छन् । यी बैंकहरूले ब्याजदर पनि गत कात्तिकको तुलनामा ०.२२४ प्रतिशतले घटेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ