शशिधर भण्डारी | असोज २२, प्यूठान | प्यूठानको एक परिवारमा चारै तिर दशैंको खुसिुयाली छाएको बेला परिवारमा खुशीयाली हराएको छ । धन कमाएर जीवन सुखी बनाउने आश बोकेर मले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शशिधर भण्डारी | असोज २२, प्यूठान | प्यूठानको एक परिवारमा चारै तिर दशैंको खुसिुयाली छाएको बेला परिवारमा खुशीयाली हराएको छ । धन कमाएर जीवन सुखी बनाउने आश बोकेर मले"/>
2026-10-26 03:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा रहेको छोराको खबरले परिवारमा हरायो दशैँ

शशिधर भण्डारी | असोज २२, प्यूठान | प्यूठानको एक परिवारमा चारै तिर दशैंको खुसिुयाली छाएको बेला परिवारमा खुशीयाली हराएको छ । धन कमाएर जीवन सुखी बनाउने आश बोकेर मलेसिया पुगेका प्युठान फोप्ली १ लुप्लुङ्कका लंक प्रसाद भण्डारी मलेसिया प्रहरीको हिरासतमा परेपछि उनको परिवारलाई थामि नसक्नु पीर परेको हो  ।

आठ महिना अघि काठमाण्डौं सामाखुसीमा रहेको डेल्टा म्यानपावरबाट मलेसिया पुगेका भण्डारीले मलेसियाको एक कम्पनीमा काम गर्दै आएका थिए । गाडीमा सामान पठाउनका लागि गाडीमा समान लोड गरेर हिड्ने समयमा मलेसियाको प्रहरीले भण्डारी सहित अरु एक जनालाई नियन्त्रणम लगेको थियो ।  प्रहरीले भण्डारीलाई नियन्त्रणमा लिएको १८ दिन भएपनि ढिला गरी जानकारी आएको उनको परिवारले बताएको छ । दशैंको बेला मलेसियामा भाइ जेलमा परेपछि घरमा आमा र बुहारीलाई सम्हाल्न गाह्रो भएको पीडितका दाजु चुमान प्रसाद भण्डारीले टेलिफोनमा जानकारी दिनुभयो । वाइट १मलेसियामा रहेका सोही गाउँकै बुद्धिराम भण्डारीका अनुसार प्रहरीको हिरासतमा रहेका लंक प्रसाद भण्डारीलाई छुटाउने प्रयास जारी छ । म्यानपावर सञ्चालक शरद अधिकारीका अनुसार भण्डारीको साथमा कुनै परिचयपत्र नभएको भन्दै त्यहाँको प्रहरीले उनीसँगै अरु एक जनालाई नियन्त्रणमा दिएको थियो ।   भण्डारीलाई छुटाउनका लागि प्रयास जारी रहेको जानकारी दिंदै अधिकारीले सबै सक्कल कागजात जुटाउन समय लागेको बताएको छ । सबै कागजात जुटाएका छौं, आज वा भोली सम्ममा छुटाउँछौं होला, अधिकारीले भन्नु भयो । 

भण्डारीलाई छुटाउनका लागि त्यहाँ स्थित कम्पनी प्रतिनिधीले प्रयास गरिरहेको अधिकारीले जानकारी दिनुभयो । कुनै अपराध गरेका कारण प्रहरीले नियन्त्रणमा लिएको नभई साथमा परिचय पत्र नभएकाले नियन्त्रणमा लिएको भन्ने जानकारी आएकाले सजिलै छुट्टने तर समय भने लाग्न सक्ने अधिकारीले बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने