पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर ७, काठमाडौँ | चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म)को अवधिमा नेपालको वैदेशिक व्यापार घाटा चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार पुगेको छ ।

यो अवधिमा नेपालले पाँच खर्ब १२ अर्ब ५० करोड ३४ लाख ७४ हजार रुपैयाँको वस्तु आयात गरेको छ । ५० अर्ब ५६ करोड ५३ लाख ८१ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

पछिल्ला चार महिनामा नेपालको व्यापार घाटा ३.३४ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।

विभागले बिहीबार सार्वजनिक गरेको पछिल्ला चार महिनाको वैदेशिक व्यापारको विवरणानुसार यो अवधिमा नेपालको कुल वैदेशिक व्यापार पाँच खर्ब ६३ अर्ब ६ करोड ८८ लाख ५४ हजार रुपैयाँको भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा नेपालको व्यापार घाटा पाँच खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख ९७ हजार रुपैयाँ थियो ।