2026-09-20 10:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनसेलको सेयर बिक्री गरेर नेपालबाट बाहिरिने आजियाटाको निर्णय

मङ्सिर १३, काठमाडौँ  | विदेशी लगानी रहेको निजी क्षेत्रको दूर सञ्चार कम्पनी एनसेलबाट विदेशी लगानीकर्ता आजियाटा बाहिरिने घोषणा गरेको छ। 

आजियाटा समूहको सञ्चालक समितिले नेपालको अवस्था चुनौतीपूर्ण रहेकाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको जानकारी दिएको छ।

आजियाटाले एनसेलमा रहेको आफ्नो सेयरहरुलाई बिक्री घोषणा गरेको छ। ‘हामीलाई लागछ हाम्रो यो कदमले आफ्ना रणनैतिक प्राथमिकताहरुलाई पुरा गर्नेछन्, आजियाटाले भनेको छ,  ‘हाम्रा लगानीकर्ताहरुको दीर्घकालिन फाइदामा सहयोग पुर्याउनेछन्।’

एनसेलको आम्दानी निरन्तर खुम्चिए पछि कम्पनीले यस्तो निर्णय गरेको बताइएको छ। घाटामा गए पछि आफ्नो व्यवसाय विस्तार हुन नसकेको आम्दानी खुम्चिएकाले आजियाटाले सेयर बिक्री गर्न लागेको बताइएको छ।

सन् २०२२ मा ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँको कारोबार गरेको एनसेलको आम्दानी घटेको छ। सन् २०२३ मा ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको कारोबार भएको कम्पनीले जनाएको छ। एनसेलको कारोबार निरन्तर घट्दै गएको थियो। सन् २०१७ मा ५७ अर्ब १० करोड २० लाख रुपैयाँको कारोबार भएको थियो। त्यसपछि क्रमश घट्दै गएपछि लगानीकर्ताले सेयर बेच्ने निर्णयमा पुगेको हो।

एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हार्डको ८० प्रतिशत सेयर रहेको छ भने बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो