विजय थापा | असोज २४, वाशिंगटन डीसी | डेमोक्रेटिक दलकी राष्ट्रपति कि प्रत्याशी हिलारी क्लिन्टनलाई बिजयी गराउन “नेपाली फर हिलारी” नामक अभियानलाई तिब्र पारिएको छ l नेपाली मतदाता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा | असोज २४, वाशिंगटन डीसी | डेमोक्रेटिक दलकी राष्ट्रपति कि प्रत्याशी हिलारी क्लिन्टनलाई बिजयी गराउन “नेपाली फर हिलारी” नामक अभियानलाई तिब्र पारिएको छ l नेपाली मतदाता"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिलारीलाई जिताउन “नेपाली फर हिलारी” नामक अभियान सशक्त

२०७३, २४ आश्विन सोमबार ०२:०५

विजय थापा | असोज २४, वाशिंगटन डीसी | डेमोक्रेटिक दलकी राष्ट्रपति कि प्रत्याशी हिलारी क्लिन्टनलाई बिजयी गराउन “नेपाली फर हिलारी” नामक अभियानलाई तिब्र पारिएको छ l नेपाली मतदाता तथा हिलारीका समर्थकलाई परिचालन गर्दै चुनावी प्रचार प्रसारलाई व्यापक बनाउने तथा घर दैलो अभियान समेत गर्ने भएको छ l

आगामी नोवेम्बर ८ तारिखमा हुने अमेरिकाको राष्ट्रपतीय निर्वाचनलाई पूर्ण लक्ष्य बनाई एएपीआई-भिक्ट्री फन्ड” नामक सस्थाले गत अक्टोबर ८ तारिखमा आयोजना गरेको कार्यक्रममा नेपाली समुदायले ऐक्यबद्धता देखाउदै शक्ति प्रदर्शन गरेका छन् l 

एसियन अमेरिकन तथा प्रशान्त द्वीप वासी समुदायलाई आगामी नोवेम्बर मा हुने निर्वाचनमा योग्य मतदातालाई मत खसाल्न उत्प्रेरणा गर्ने ध्येयले एएपीआई-भिक्ट्री फन्ड को निर्माण गरेको हो l 

एएपीआई-भिक्ट्री फन्डले डीसी महानगर क्षेत्रमा अवस्थित नोभा सामुदायिक महाबिद्यालयमा गत अक्टोबर ८ तारिख बिहान ११ बजे देखी ३ बजे सम्म कार्यक्रम सफलता पूर्वक सन्चालन गरि उल्लेख्य संख्यामा समर्थकहरु जुटाउन सफल भएको छ l 

‘नेपाली फर हिलारी’ नामक उक्त कार्यक्रममा भर्जिनियाका गवर्नर टेरी म्याकअलिफ, सांसद जेरी कोनोली, उप मन्त्रि क्रिस्टोफर पी लू, फिलिस रान्डेल, निरा टन्डन तथा अन्य बिशिस्ट अतिथीहरुको सहभागिता रहेको थियो l चुनावी प्रचारको सिलसिलामा अभियानले तयार गरेको गन्जी समेत वितरण गरिएको थियो l 


भर्जिनियाका गभर्नर टेरी म्याकअलुफले कार्यक्रममा सम्बोधन गर्दै हिलारी अमेरिकाका राष्ट्रपति हुन योग्य छिन् भन्दै डोनाल्ड ट्रंप राष्ट्रपति त के राष्ट्रपतिको उम्मेद्वार हुन पनि योग्य नभएको विचार राखेका थिए l कार्यक्रममा डेमाक्रेटिक दलका अन्य बिभिन्न नेताहरुले मन्तब्य राखेका थिए ।

कार्यक्रममा हिलारीको समर्थनमा नेपाली समुदायको अतिरिक्त अफ्रिकन अमेरिकन डेमोक्रेटिक क्लब, सी प्याड मेरिल्याण्ड, शिख फर हिलारी, वुमेन नेसनल डेमोक्रेटिक क्लब, इटालियन नेसनल डेमोक्रेटिक लिडरशिप काउन्सिल, जेन्डर राइट, एनजी डि सी, एलजीबिटि डेमोक्रेट, डब्लु एल एन, मुस्लिम फर हिलारी, भर्जिनिया वुमेन फर हिलारी, कोरियन अमेरिकन लिडरशिप काउन्शिल तथा कासा इन एक्सन नामक संस्थाहरुले ऐक्यबद्धता देखाएका थिए l 

उक्त कार्यक्रममा अनेकौ देशका प्रतिनिधिहरुका सामुन्ने नेपाली समुदायको तर्फबाट भर्जिनिया सेन्टरभिल कि बिद्यार्थी प्रकृति देउजाले अमेरिकन राष्ट्रिय गीत गाउने अवसर पाएकी थिइन् l 

झन्डै दुई दशक अगाडी देखि डीसी क्षेत्रमा बसोबास गर्दै आएका डेमोक्रेटिक दलका युवा नेता हरि शर्माले नेपाली सहभागिताको संयोजन गरेका थिए l उनले भने नेपालीहरूको ठूलो सहभागिताले  हिलारीको पक्षमा व्यापक समर्थन जुट्ने कुरामा आफु बिश्वस्त रहेको बताए l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी