विजय थापा | असोज २४, वाशिंगटन डीसी | डेमोक्रेटिक दलकी राष्ट्रपति कि प्रत्याशी हिलारी क्लिन्टनलाई बिजयी गराउन “नेपाली फर हिलारी” नामक अभियानलाई तिब्र पारिएको छ l नेपाली मतदाता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा | असोज २४, वाशिंगटन डीसी | डेमोक्रेटिक दलकी राष्ट्रपति कि प्रत्याशी हिलारी क्लिन्टनलाई बिजयी गराउन “नेपाली फर हिलारी” नामक अभियानलाई तिब्र पारिएको छ l नेपाली मतदाता"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिलारीलाई जिताउन “नेपाली फर हिलारी” नामक अभियान सशक्त

२४ आश्विन २०७३, सोमबार ०२:०५

विजय थापा | असोज २४, वाशिंगटन डीसी | डेमोक्रेटिक दलकी राष्ट्रपति कि प्रत्याशी हिलारी क्लिन्टनलाई बिजयी गराउन “नेपाली फर हिलारी” नामक अभियानलाई तिब्र पारिएको छ l नेपाली मतदाता तथा हिलारीका समर्थकलाई परिचालन गर्दै चुनावी प्रचार प्रसारलाई व्यापक बनाउने तथा घर दैलो अभियान समेत गर्ने भएको छ l

आगामी नोवेम्बर ८ तारिखमा हुने अमेरिकाको राष्ट्रपतीय निर्वाचनलाई पूर्ण लक्ष्य बनाई एएपीआई-भिक्ट्री फन्ड” नामक सस्थाले गत अक्टोबर ८ तारिखमा आयोजना गरेको कार्यक्रममा नेपाली समुदायले ऐक्यबद्धता देखाउदै शक्ति प्रदर्शन गरेका छन् l 

एसियन अमेरिकन तथा प्रशान्त द्वीप वासी समुदायलाई आगामी नोवेम्बर मा हुने निर्वाचनमा योग्य मतदातालाई मत खसाल्न उत्प्रेरणा गर्ने ध्येयले एएपीआई-भिक्ट्री फन्ड को निर्माण गरेको हो l 

एएपीआई-भिक्ट्री फन्डले डीसी महानगर क्षेत्रमा अवस्थित नोभा सामुदायिक महाबिद्यालयमा गत अक्टोबर ८ तारिख बिहान ११ बजे देखी ३ बजे सम्म कार्यक्रम सफलता पूर्वक सन्चालन गरि उल्लेख्य संख्यामा समर्थकहरु जुटाउन सफल भएको छ l 

‘नेपाली फर हिलारी’ नामक उक्त कार्यक्रममा भर्जिनियाका गवर्नर टेरी म्याकअलिफ, सांसद जेरी कोनोली, उप मन्त्रि क्रिस्टोफर पी लू, फिलिस रान्डेल, निरा टन्डन तथा अन्य बिशिस्ट अतिथीहरुको सहभागिता रहेको थियो l चुनावी प्रचारको सिलसिलामा अभियानले तयार गरेको गन्जी समेत वितरण गरिएको थियो l 


भर्जिनियाका गभर्नर टेरी म्याकअलुफले कार्यक्रममा सम्बोधन गर्दै हिलारी अमेरिकाका राष्ट्रपति हुन योग्य छिन् भन्दै डोनाल्ड ट्रंप राष्ट्रपति त के राष्ट्रपतिको उम्मेद्वार हुन पनि योग्य नभएको विचार राखेका थिए l कार्यक्रममा डेमाक्रेटिक दलका अन्य बिभिन्न नेताहरुले मन्तब्य राखेका थिए ।

कार्यक्रममा हिलारीको समर्थनमा नेपाली समुदायको अतिरिक्त अफ्रिकन अमेरिकन डेमोक्रेटिक क्लब, सी प्याड मेरिल्याण्ड, शिख फर हिलारी, वुमेन नेसनल डेमोक्रेटिक क्लब, इटालियन नेसनल डेमोक्रेटिक लिडरशिप काउन्सिल, जेन्डर राइट, एनजी डि सी, एलजीबिटि डेमोक्रेट, डब्लु एल एन, मुस्लिम फर हिलारी, भर्जिनिया वुमेन फर हिलारी, कोरियन अमेरिकन लिडरशिप काउन्शिल तथा कासा इन एक्सन नामक संस्थाहरुले ऐक्यबद्धता देखाएका थिए l 

उक्त कार्यक्रममा अनेकौ देशका प्रतिनिधिहरुका सामुन्ने नेपाली समुदायको तर्फबाट भर्जिनिया सेन्टरभिल कि बिद्यार्थी प्रकृति देउजाले अमेरिकन राष्ट्रिय गीत गाउने अवसर पाएकी थिइन् l 

झन्डै दुई दशक अगाडी देखि डीसी क्षेत्रमा बसोबास गर्दै आएका डेमोक्रेटिक दलका युवा नेता हरि शर्माले नेपाली सहभागिताको संयोजन गरेका थिए l उनले भने नेपालीहरूको ठूलो सहभागिताले  हिलारीको पक्षमा व्यापक समर्थन जुट्ने कुरामा आफु बिश्वस्त रहेको बताए l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान