2026-09-20 09:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लगातार किन बढिरहेको छ सुनको मूल्य?

मङ्सिर १७, काठमाडौँ | कात्तिक ३० गते नेपाली बजारमा प्रतितोला एकलाख १३ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य दोस्रो दिन मंसिर १ गते एकाएक दुई हजार तीन सय बढेर एकलाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

त्यसयता लगातार सुनको मूल्य लगातार उकालो लागेर दिनहुँ नयाँ रेकर्ड कायम गर्दै चुलिइरहेको छ। आजसम्म आइपुग्दा छापावाल सुनको मूल्य एकलाख २० हजार ८०० पुगिसकेको छ। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एकलाख २० हजार २०० सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

नेपाली बजारमा यसरी ह्वात्तै सुनको मूल्य आकाशिदैँ जानुको कारण इजरायल–हमास युद्ध रहेको व्यवसायीहरू बताउँछन्। ‘सुनको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारकै प्रभाव हुन्छ। हामीले यहाँबाट केही गर्दैनौँ,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मानिकरत्न शाक्यले भने, ‘अहिले ह्वात्तै बढ्नुको एक मात्र कारण त इजरायल–हमास युद्ध हो।’

महासङ्घकै महासचिव धर्मसुन्दर बज्राचार्य पनि शाक्यको धारणासँग सहमत छन्। ‘अहिले इजरायल–हमास युद्धकै प्रभावले मूल्य बढेको हो,’ उनले भने,‘अर्कोतर्फ विश्व बजारमा बढ्दै गएको आर्थिक मन्दीले पनि सुनको अन्तर्राष्ट्रिय मूल्यमा प्रभाव पारिरहेको छ।’ बज्राचार्यले बजारमा मन्दी चलिरहँदा लगानीकर्ताहरूले व्यवसायी लगानीमा, सेयर बजारमा लगानी गर्न नचाहेर सुनमा लगानी गर्न थालिरहेका छन्। ‘सुन तुलनात्मक रुपमा सुरक्षित र विश्वभर सर्वस्वीकार्य सम्पत्तिको रुपमा रहेकाले धेरैले सुन किनेर राख्न थालेको बताइन्छ। यसरी एकै पटक सुनको माग बढेपछि पनि सुन महँगिएको हो,’ बज्राचार्यले भने।

नेपाली बजारमा सुनको मूल्यश्रृंखला उछाल मार्न थालेको कोभिड–१९ को महामारी देखि नै हो। २०७६ सालको साउनमा प्रतितोला ६८ हजार रुपैयाँको हाराहारीमा सुनको कारोबार भइरहेको थियो। त्यसपछि कोभिड–१९ को महामारी, रुस–युक्रेन युद्ध र अहिले आएर हमास–इजरायल युद्धको प्रभावले चार वर्षमै सुनको मूल्य दोब्बर भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो