विजय थापा (डिसी) | गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाले असोज २६ गते मेरिल्याण्डका गभर्नरलाई दशैंको टिका लगाउने एक दिन नेपाली बिद्यार्थीहरुका लागि मेरिल्याण्ड राज्यमा सरका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा (डिसी) | गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाले असोज २६ गते मेरिल्याण्डका गभर्नरलाई दशैंको टिका लगाउने एक दिन नेपाली बिद्यार्थीहरुका लागि मेरिल्याण्ड राज्यमा सरका"/>

2026-09-08 12:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएन मेरिल्याण्ड शाखाले बिजया दशमी मा बिदा दिन मेरिल्याण्ड गभर्नरलाई पत्र बुझाए

विजय थापा (डिसी) | गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाले असोज २६ गते मेरिल्याण्डका गभर्नरलाई दशैंको टिका लगाउने एक दिन नेपाली बिद्यार्थीहरुका लागि मेरिल्याण्ड राज्यमा सरकारी बिद्यालय बिदा गराई दिनको लागि निबेदन दिएको छ l

अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपालीहरुको जन घनत्व वृद्धि हुदै गइ रहेको अवस्थालाई मध्ये नजर गर्दै सो पहल गरेको संघले बताएको छ l टिकाको शुभ- मुर्हतमा पनि नेपालीका छोराछोरी पाठशाला जानु पर्ने बाध्यता भएको र अभिभावकले टिका लगाई दिन समेत बन्चित हुनु परेकोले यस्तो कदम चालिएको अध्यक्ष जेदु पोख्रेलले बताए l

नेपालीहरुको सबै भन्दा ठुलो चाड दशैँ तथा उक्त पवित्र दिनको शुभ मुर्हतमा टिका लगाईदिन बन्चित हुदै गयौ भने अर्को पिढी मा दशैंको महत्व समेत लोप भएर जाने संभावना बढेर जाने हुनाले नेपाली समुदायको समग्र हितको कदम चालिएको बताएका छन् l

उक्त पत्र हस्तान्तरण गर्न गभर्नरको कार्यलय जाँदा गभर्नर कार्य व्यस्तताले गर्दा बाहिर गएकोले उक्त अनुरोध पत्र मेरिल्याण्ड राज्यका पूर्व सिनेटर तथा मेरिल्याण्ड गभर्नरका वरिष्ठ सल्लाहाकार मार्टिन म्याडेनलाई बुझाईएको छ l

र मार्टिनले कार्यालयमा बुझाउने र यस बिषयमा गभर्नर संग समेत कुरा राख्ने गएका प्रतिनिधि मण्डललाई आश्वासन दिएका छन् l

उक्त निबेदन बुझाउने क्रममा नेपालि भाषालाई पनि मेरील्याण्डको पठन पाठनको पाठ्यक्रममा ऐच्छिक बिषय स्पेनिस, फ्रेन्च तथा चिनिया भाषालाई जस्तै समाबेश गरि मेरिल्याण्ड राज्यको गभर्नर कार्यालयमा अनुरोध गरि निवेदन पत्र बुझाईएको छ l

स्मरण रहोस गत अक्टोबर १ ,२०१६  बाट यहि शाखाको पहलमा मेरिल्याण्ड राज्यमा नेपाली भाषा मै सवारी साधन चालक अनुमति पत्र को परीक्षा दिने गराएको थियो  l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल