Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
December 5, 2023 अर्थ/विकास

आज तोलामा दुई हजार चार सय रूपैयाँले घट्यो सुनको मूल्य !

By साझासवाल 2 मिनेट पढाइ

<p><b>मङ्सिर १९, काठमाडौँ | </b>मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् सोमबार तोलामा आठ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज दुई हजार चार सय रूपैयाँले घटेको छ ।<br></p><p>नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।</p><p>त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ सय रूपैयाँमा कारोबार भइरहेको छ भने सोमबार १५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।</p>