Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
December 12, 2023 अर्थ/विकास

माछापुच्छ्रे बैंकको पनि घट्यो ब्याजदर

By साझासवाल

मङ्सिर २६, काठमाडौँ | माछापुच्छ्रे बैंकले मंसिरका लागि बढाएको ब्याजदर पुसको लागि घटाएको छ ।

माछापुच्छ्रे मंसिर महिनाका लागि ब्याजदर बढाउने एक्लो वाणिज्य बैंक बनेको थियो । उसले मंसिर २६ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १०.६० प्रतिशत दिँदै आएको ब्याजदर घटाएर ९.६० प्रतिशतमा झारेको छ ।

बैंकले अब मुद्दती निक्षेपमा अधिकतम ९.६० प्रतिशत ब्याज दिने जनाएको छ । संस्थागततर्फ अधिकतम ८.६०३ प्रतिशत रहेको ब्याजदरलाई घटाएर ७.६० प्रतिशत तोकिएको छ ।