२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा यसरी मनाइयो बडादशैं

२०७३, २९ आश्विन शनिबार १२:५४


घनश्याम पराजुली | असोज २९, दोहा । नेपालीहरुको सबैभन्दा ठूलो चाड विजया दशमी अर्थात बडादशै कतारमा पनी मनाईएको छ । गत मंगलबारका दिन परेको बडादशैलाई कतारमा भने शुक्रबारका दिनमा हर्षोउल्लासका साथ मनाएका छन् । कतारमा परिवारसँगै बस्तै आएका र अन्य केही नेपालीहरुले भने बडादशैको दिन मंगलबार नै टिका थापेका थिए । 

आफु बस्ने क्याम्पमा उमारेका जमरा र रातो टिका निधारभरी लगाएर कतारको पर्यटकिय स्थल कर्नेसमा डुङ्गा चढेर रमाईलो गर्ने नेपालीहरु पनी प्रसस्थै भेटिए । टिकाको दिन मंगलबार परेको हुदा धेरै नेपालीहरुले भने छुट्टीको दिन शुक्रबारको दिनमा दशै मनाए । 


कतारको राजधानी दोहा देखी ६० कि.मी टाढा पुगेर पाथेका कन्चन बचत समुहले दशैलाई हर्षोउल्लासका साथ मनायो । बचत समुहले दशै मिलन कार्यक्रमको आयोजना गरेको हो । मरुभुमिको छेउछाउमा हरियाली जंगलसँगैको अलखोर स्थित समुन्द्रको किनारमा उनीहरुले मनोरन्जन कार्यक्रमका साथ बडादशैको टिका थापेका थिए । 

बर्ष दिनमा आउने नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैलाई प्रवासको ठाउमा पनि आफ्नै गाउँठाउँका साथिभाई र आफन्तहरुसँग मिलेर मनाएका थिए । दशै मिलन कार्यक्रमका संयोजक केदार बानियाले दशैको शुभकामना दिदै भने ‘प्रवासको ठाउँमा हामी एक परिवार भएर दशै मनाई रहेका छौ ।’

पाथेका कन्चन बचत समुहको बारेमाबोल्दै बानियाँले यो बचत समुहले नेपालको कला र सँस्कृती साथै थुप्रै सहयोगका कामहरु गरेका बताए । कार्यक्रममा बचत समुहका अध्यक्ष मिलन राईले विगत ६ बर्ष देखी कतारमा यसरी नै दशै मनाउदै आएको बताए । 

नेपाली झण्डा फहराउदै दशैको टिका

एकतिर बालुवाका थुप्रै-थुप्राहरु देखिने मरुभुमि र अर्कोतिर निलो समुन्द्रि छालको विचमा नेपाली झण्डा फहराउदै नेपालीले कतारमा दशैको टिका थापेका छन । त्यहाँ नेपालीहरुले सामुहिक रुपमा टिका ग्रहण गरिरहदा नेपालकै झल्को मेटिन्थ्यो । आफ्नो बासस्थान देखी धेरै टाढा पुगेर प्रवासमै भएपनी नेपालीहरुले नेपालको झल्को मेटेका छन । दोहा, सनैया, वक्रा लगायतका स्थानबाट बडादशै मान्नका लागी नेपालीहरु वक्राको समुन्द्रि तटमा पुगेका थिए । 


विगत ६ बर्ष देखी कतारमा कार्यरत ईलामकी निर्मला लिम्बुलाई आफन्तहरुसँग दशै मनाईरहदा घरपरिवारसँगै रहेको अनुभुती गरिन । बिदेमा बाध्यताले काम गरिरहेका छौ । त्यो पिडालाई आजको दिनले भुलाईदिएको छ । दशैको दिन छुट्टी थिएन, साथीहरुले खबर गरेपछी दशै मनाउन यहाँ आएको उनी भन्छिन । विगत ११बर्षदेखी कतारमा कार्यरत मोरङका दुर्गा कार्कीलाई दशैको दिनमा छुट्टी नमिल्दा दुःख लागेको बताए । नेपालमा खुसीयाली मनाईरहेका थिए हामी भने यहाँ विहानैदेखी काममा कुद्नु पर्यो उनी भन्छन । 

अलखोरको समुन्द्रि किनारमा दशै मनाईरहेका भोजपुरका सांगे शेर्पा भन्छन‘ हामीले जहाँ भनेपनि हाम्रो आफ्नो सँस्कृतीलाई भुल्नु हुदैन । यहाँ आफ्नै बाध्यता छ । त्यो बाध्यतालाई भुलेर आजदशै मनाईरहेका छौ।’ विगत २२ बर्षदेखी कतारमा कार्यरत उनले विगतका बर्षहरुमा भन्दा अहिले नेपालीहरुले आफ्ना चाडपर्वलाई कतारमा पनी खुलेरै मनाउने गरेको बताए । उनीहरुले दशैको दिन कम्पनीमा कार्यरत नेपालीहरु मिलेर टिका थापेको बताए । उनी भन्छन ‘सन् २००५ देखी कतारमा नेपालीहरु अत्याधिक आएका छन। पहिले यसरी कुनै पनी चाडपर्व र कार्यक्रम गर्न सहज थिएन । नेपालीको चापसँगै अहिले सहजपनी बनेको छ ।’


ताप्लेजुङका कविन गुरुङ ६ बर्षदेखी कतारमा कार्यरत छन । उनले दशैको दिन परिवारको सम्झनामा नै बिताए । चाडबाडको बेला बिदेशको तातोघाममा काममा खटिनु पर्दाको पिडा भने उनलाई सहि नसक्नु थियो । त्यस्तै खोटाङ्गकी जुनु राईले भने कतारमा आफ्नो परिवारसँगै दशै मनाईन । यहाँका नेपाली दाजुभाईहरुसँगै चाडबाड मनाउन पाउदा उनी खुसी नै छन । 

विगत ५ बर्ष देखी कतारमा पलम्बरको कामगर्दै आएका चन्द्रकुमार नेपाललाई भने दशैको दिन कम्पनीले छुट्टी दिएको थियो । उनीहरुले आफ्नै क्याम्पमा उमारेका जमरासँगै बडादशैको टिका थापे । 

कतारमा रहेका नेपालीहरुले पनी यसैगरी विभिन्न स्थानमा आफन्तहरुसँग भेटघाट गरेर दशै मनाएका छन भने केही नेपालीहरु दशैका लागी बिदामा नेपाल पुगेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे