२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

६ खर्बको वस्तु आयात हुँदा निर्यात ६३ अर्बमात्रै, देशको व्यापार घाटा ५ खर्ब नाघ्यो

२०८०, ९ पुष सोमबार ०९:२६

पुस ९, काठमाडौँ | चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर मसान्तासम्म (५ महिना) मा कुल ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख ९८ हजार रुपैयाँको वैदेशिक व्यापार भएको केन्द्रीय भन्सार विभागको तथ्यांकमा उल्लेख  छ।

जसमध्ये कुल ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४  हजार रुपैयाँको वस्तु आयात भएको छ भने ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँको वस्तु निर्यात भएको विभागले जनाएको छ।

जसअनुसार देशको व्यापार घाटा ५ खर्ब ७९ अर्ब १५ लाख २९  हजार रहेको छ। गत वर्षको सोही अवधिमा ७  खर्ब ३२ अर्ब ५ करोड ९ लाख ५२ हजार रुपैयाँको वैदेशिक व्यापार भएको थियो।


जसमध्ये ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख ५० हजार रुपैयाँको आयात भएको थियो भने  ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँको आयात भएको थियो। सो वर्ष देशको व्यापार घाटा  ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार रुपैयाँ रहेको थियो।

जसअनुसार गत वर्षकोभन्दा चालु वर्ष आयात निर्यात दुवै घटेको पाइएको छ। गत वर्षकोभन्दा यस वर्ष ३.३९ प्रतिशतले आयात घटेको छ भने ६.०९ प्रतिशतले निर्यात घटेको हो।

१ खर्ब २८ अर्ब बढि पेट्रोलमा बाहिरियो

चालु आर्थिक वर्षको पााँच महिनामा सबैभन्दा बढि पेट्रोलियम पदार्थ आयात भएको छ। पेट्रोलियम पदार्थ मात्रै १ खर्ब २८ अर्ब ६३ करोड २४ लाख ७४ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको हो।

यस्तै ६६ अर्ब ५९ करोड ३२ लाख ८० हजार रुपैयाँको फलाम आयात भएको छ। ३९ अर्ब ४२ करोड ४२ लाख ४६ हजार रुपैयाँका बोइल मेशिन आयात भएको छ। ४५ अर्ब २४ करोड  बराबरको मेहिनरी पार्टस् आयात भएको छ। ५ अर्ब ९३ करोड ९८ लाख ९ हजार रुपैयाँको आलमोनियम आयात भएको छ। १ अर्ब ६४ करोड ४५ लाख २५ हजार रुपैयाँको जस्तापाता आयात भएको छ।

२४ अर्ब बढी बाहिरियो तरकारी र फलफूलमा 

२४ अर्ब ३५ करोड ४१ लाख ४४ हजार रुपैयाँ फलफूल र तरकारीमा बाहिरीएको विभागले जनाएको छ।

१४ अर्ब ९७ करोड  ६६ लाख ७३ हजार रुपैयाँको तरकारी आयात भएको छ। ९ अर्ब ३१ लाख ६ हजार रुपैयाँको फलफूल आयात भएको छ। ४ अर्ब  ७८ करोड ८१ लाख ७४ हजार रुपैयाँको चियाकफी आयात भएको छ। 

७ अर्बको पलाम निर्यात

७ अर्ब १७ करोड ६९ लाख ९१ हजार रुपैयाँको फलाम निर्यात भएको छ। ५ अर्ब ९७ करोड ४० लाख ७७ हजार रुपैयाँको चिया कफी निर्यात भएको छ। ४ अर्ब ९० करोड ५७ लाख ५९ हजार रुपैयाँको कार्पेट निर्यात भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ