पढ्न करिब 1 मिनेट लाग्छ

पुस १३, काठमाडौँ | शुक्रवार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार ३ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १३ सय रुपैयाँले घट्दै १ लाख २० हजार ७ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै घट्दै १ लाख २० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ४५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।