2026-09-20 09:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुस्ता गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन नतिजामा जिल्लाकै अन्तिम स्थानमा

श्याम थापा | माघ ७, सुस्ता ।  पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालय स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन(LiSA)को नतिजामा जिल्लाको अन्तिम अर्थात सातौं स्थानमा आएको छ ।

जिल्लाको पिछडिएको स्थानीय तहमा सुस्ता गाउँपालिकालाई लिइन्छ भने स्थानीय तह संस्थागत क्षमताको स्वमुल्यांकन(LISA)को नतिजामा पनि जिल्ला भरीको स्थानीयतह भन्दा पिछडिएको छ ।

सुस्ता गाउँपालिकाको स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (LISA)को १० वटा सुचक अनुसार सुस्ता गाउँपालिकालाई हेर्ने हो भने १.शासकीय प्रबन्धी सुचकको ९ पुर्णान्कमा ७.५ अन्क प्राप्त २.संगठन तथा प्रशासन सुचकको ८ पुर्णान्कमा ५.५ अन्क प्राप्त ३.बार्षिक बजेट तथा योजना व्यवस्थापन सुचकको ११ पुर्णान्कमा ७.५ अन्क प्राप्त,४.बितिय तथा आर्थिक व्यवस्थापन सुचकको ११ पुर्णान्कमा ७.७५ अन्क प्राप्त,५.सेवाप्रवाह सुचकको १६ पुर्णान्कमा ९ अन्क प्राप्त,६.न्यायिक कार्यसम्पादन सुचकको ७ पुर्णान्कमा ५ अन्क प्राप्त,७.भौतिक पुर्वधार सुचकको १३ पुर्णान्कमा ४.५ अन्क प्राप्त,८.समाजिक समावेशीकरण सुचकको १० पुर्णान्कमा ४.७५ अन्क प्राप्त,९.वातावरण संरक्षण तथा बिपद व्यवस्थापन सुचकको ९ पुर्णान्कमा ४ अन्क प्राप्त र १०.सहकार्य र समन्वय सुचकको ६ पुर्णान्कमा १ अन्क गरि पालिकाले १०० को पुर्णान्कमा ५६.५ अन्क मात्र प्राप्त गरेको छ ।

सुस्ता गाउँपालिकाको सुचकहरु मध्ये सबैभन्दा कमजोर भनेको सहकार्य र समन्वयमा देखिन्छ सुचक अनुसार पालिका आफ्नो पाराले मात्र चलेको जस्तो अनुमान गरिन्छ किन भने सहकार्य र समन्वयमा पालिकाले जम्मा १ अन्क प्राप्त गरेको छ । त्यस्तै भौतिक पुर्वधारमा पनि कमजोर देखिएको छ ।

यसरी स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन(LISA)को सुचकहरुमा अन्कहरु कम आयो भने पालिकालाई संघीयबाट आउने अनुदान तथा बजेटमा केहि कटौती हुने गर्दछ र लिजाको आधारलाई नै पालिका कुन स्तरमा छ र कसरी संचालन भइरहेकोे छ भनेर मुल्यांकन गरिन्छ ।

जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका गरि ७ वटा स्थानीय तह रहेको छ भने ७ वटा स्थानीय तह मध्ये सुस्ता लिजाको नतिजा अनुसार ७औं स्थानमा आएको हो ।

लिजाबाट प्राप्त भएको जिल्ला भरिको स्थानीय तहको नतिजा हेर्ने हो भने जिल्लामै पहिलो स्थानमा सुस्ताको छिमेकी पालिका प्रतापपुर गाउँपालिका रहेको छ । प्रतापपुरले १०० पुर्णान्कमा ९०.२५ अन्क प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको सुनवल नगरपालिकाले ८६ अन्क,तेस्रो स्थानमा रहेको बर्दघाट नगरपालिका ७५.७५ अन्क,चौथो स्थानमा रहेको सरावल गाउँपालिकाले ७२ अन्क,पाचौं स्थानमा रहेकोे रामग्राम नगरपालिकाले ६८ अन्क र छैठो स्थानमा रहेको पाल्हिनन्दन गाउँपालिकाले ५७.७५ अन्क प्राप्त गरेको छ ।

यद्यपि सुस्ता गाउँपालिकाको गत बर्षको लिजाको नतिजा ४४ अन्क थियो भने अहिले ५६.५ अन्क हेर्दा केही प्रगति गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो