२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चितवन क्रिकेट रंगशालाका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट दिने

२०८०, २३ माघ मंगलवार ०३:०४

माघ २३, चितवन | गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमाण अघि बढाउन बागमती प्रदेश सरकारले चासो दिएको छ ।

रंगशाला निमार्णका लागी प्रदेश सरकारले नै बजेट सुनिश्चितता गर्ने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा र स्वास्थ्य मन्त्री उत्तम जोशीले रंगशालाको स्थलगत निरिक्षण गरे पछि बजेट सुनिश्चितताकाे प्रकिया अघि बढेकाे हाे ।

अवलोकन गरेपछि अर्थमन्त्री लामाले बजेट विनियोजनको प्रतिवद्धता जनाएका छन् । प्रदेश सरकारले ७० प्रतिशत बजेट हाल्ने बताएका छन् । अलपत्र परेको रंगशालाको निरिक्षण पछि उनले निमार्ण प्रकृया पुरा गर्न प्रदेश सरकार बजेटका लागी सकारात्मक रहेको बताएका छन् । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई रंगशालामा बजेट पार्ने विश्वास दिलाएका छन् । ‘देशकै गौरवको आयोजना प्रदेशमा छ, यसलाई पुरा गर्नु सबैको दायित्व हो, ’ लामाले भने , ‘ रंगशाला निमार्णमा प्रदेश सरकारको चासो छ ।

'हामी बजेट सुनिश्चितता गरेरै अघि बढ्छौ, ढुक्क हुनुस् । ’ मन्त्री जोशीले रंगशाला निमार्णको लागी अर्थमन्त्रीलाई आग्रह गरेका थिए । गृह जिल्लामा भएको परियोजनाका लागी आफुले प्रदेश सरकारमा पहल गरेको बताए । ‘ रंगशाला निमार्णमा चासो मात्रै होइन सक्रियता पनि उत्तिकै छ, मुख्यमन्त्री नै यसमा सकारात्मक हुनुहुन्छ, ’ मन्त्री जोशीले भने , ‘यसपटक बजेटबाटै सम्बोधन हुने निश्चित नै छ । ’ महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको भौतिक र आर्थिक अवस्थाबारे जानकारी गराएकी थिइन् । 

उनले बजेटको ब्यवस्था भए अन्तराराष्ट्रिय क्रिकेट रंगशाला निमार्णले गति लिने बताइन् । ‘समग्र मुलुकको गौरवको आयोजना बजेट कै कारण रोकिएको हो । यसलाई पुरा गर्न प्रदेश सरकारसंग हामीले ठुलो आशा गरेका छौं , ’ दाहालले भनिन् , ‘ मन्त्री ज्यूबाट सकारात्मक आश्वासन पाएका छौ । आशा छ रंगशालामा प्रदेश सरकारले राम्रो निर्णय गर्नेछ । ’

उपप्रमुख चित्रसेन अधिकारीले रंगशाला निमार्णमा पाएको आश्वासनले आशा जगाएको बताए । मन्त्री लामासंगै नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ , बागमती प्रदेश सभा सदस्य गिता गुरुङ, माया श्रेष्ठ , भरतपुर महानगरपालिका १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा पनि रंगशाला पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ