४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चितवन क्रिकेट रंगशालाका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट दिने

२३ माघ २०८०, मंगलवार ०३:०४

माघ २३, चितवन | गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमाण अघि बढाउन बागमती प्रदेश सरकारले चासो दिएको छ ।

रंगशाला निमार्णका लागी प्रदेश सरकारले नै बजेट सुनिश्चितता गर्ने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा र स्वास्थ्य मन्त्री उत्तम जोशीले रंगशालाको स्थलगत निरिक्षण गरे पछि बजेट सुनिश्चितताकाे प्रकिया अघि बढेकाे हाे ।

अवलोकन गरेपछि अर्थमन्त्री लामाले बजेट विनियोजनको प्रतिवद्धता जनाएका छन् । प्रदेश सरकारले ७० प्रतिशत बजेट हाल्ने बताएका छन् । अलपत्र परेको रंगशालाको निरिक्षण पछि उनले निमार्ण प्रकृया पुरा गर्न प्रदेश सरकार बजेटका लागी सकारात्मक रहेको बताएका छन् । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई रंगशालामा बजेट पार्ने विश्वास दिलाएका छन् । ‘देशकै गौरवको आयोजना प्रदेशमा छ, यसलाई पुरा गर्नु सबैको दायित्व हो, ’ लामाले भने , ‘ रंगशाला निमार्णमा प्रदेश सरकारको चासो छ ।

'हामी बजेट सुनिश्चितता गरेरै अघि बढ्छौ, ढुक्क हुनुस् । ’ मन्त्री जोशीले रंगशाला निमार्णको लागी अर्थमन्त्रीलाई आग्रह गरेका थिए । गृह जिल्लामा भएको परियोजनाका लागी आफुले प्रदेश सरकारमा पहल गरेको बताए । ‘ रंगशाला निमार्णमा चासो मात्रै होइन सक्रियता पनि उत्तिकै छ, मुख्यमन्त्री नै यसमा सकारात्मक हुनुहुन्छ, ’ मन्त्री जोशीले भने , ‘यसपटक बजेटबाटै सम्बोधन हुने निश्चित नै छ । ’ महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको भौतिक र आर्थिक अवस्थाबारे जानकारी गराएकी थिइन् । 

उनले बजेटको ब्यवस्था भए अन्तराराष्ट्रिय क्रिकेट रंगशाला निमार्णले गति लिने बताइन् । ‘समग्र मुलुकको गौरवको आयोजना बजेट कै कारण रोकिएको हो । यसलाई पुरा गर्न प्रदेश सरकारसंग हामीले ठुलो आशा गरेका छौं , ’ दाहालले भनिन् , ‘ मन्त्री ज्यूबाट सकारात्मक आश्वासन पाएका छौ । आशा छ रंगशालामा प्रदेश सरकारले राम्रो निर्णय गर्नेछ । ’

उपप्रमुख चित्रसेन अधिकारीले रंगशाला निमार्णमा पाएको आश्वासनले आशा जगाएको बताए । मन्त्री लामासंगै नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ , बागमती प्रदेश सभा सदस्य गिता गुरुङ, माया श्रेष्ठ , भरतपुर महानगरपालिका १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा पनि रंगशाला पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश