४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा

२६ माघ २०८०, शुक्रबार ०३:३१

माघ २६, काठमाडौं | सानिमा जीआइसी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा कमाएको छ। कम्पनीले १० करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २०.९४ प्रतिशतले बढी हो। 

अघिल्लो वर्ष यसले ८ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस वर्ष कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २७.८४ प्रतिशतले बढेको बम्पनीले जनाएको हो। यसको लगानी तथा कर्जाबाट हुने आम्दानी १० करोड ३१ लाखबाट बढेर १३ करोड १८ लाख रुपैयाँ पुगेको छ। 

यता, कम्पनीको कुल दावी भुक्तानी भने ११.६३ प्रतिशतले घटेर ३१ करोड ९८ लाख रुपैयाँमा झरेको छ। गत वर्ष यो ३६ करोड १९ लाख रुपैयाँ थियो। हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ। यसको रिटेन्ड अर्निङमा १३ करोड ७५ लाख रुपैयाँ रहेको छ।सानिमा जीआइसीको बिमा कोषमा ४ अर्ब १५ करोड रुपैयाँ रहेको छ।

पुससम्म यसले २९ करोड ३४ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ। यो गत वर्षको भन्दा ३२.४२ प्रतिशतले धेरै हो। यसको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ७३ पैसाबाट बढेर १० रुपैयाँ ५६ पैसा (वार्षिक) कायम भएको छ। प्रतिसेयर नेटवर्थ भने १३७ रुपैयाँ ९८ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ