४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब ४ करोडकाे ऋणपत्र निष्कासन

१ फाल्गुन २०८०, मंगलवार ०३:२०

फागुन १, काठमाडौ | नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र आजदेखि निष्कासन तथा बिक्री खुला भएको छ। यस ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन पाइनेछ। उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने फागुन १५ गतेसम्म खुला रहनेछ। 

यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ।  यस बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गरेको हो। सोमध्ये बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई १६ लाख १६ हजार इकाई बिक्री गर्ने भएको छ। बाँकी २४ लाख २४ हजार इकाई सर्वसाधारणका लागि खुला भएको छ। 

यसमध्ये सामूहिक लगानी कोषहरुका लागि भने ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र छुट्याइएको छ। 

नेपाल इन्भेष्टमेन्ट मेगाले १० वर्ष अवधिको ‘१० प्रतिशत एनआइएमबी डिबेन्चर २०९०’ जारी गरेको हो।यसमा वार्षिक १० प्रतिशतका दरले ब्याजदर दिने बैंकले जानकारी दिएको छ। बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ। यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट