४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमेरिकी डलरको भाउ बढ्याे, यस्तो छ आज विदेशी मुद्राको विनिमयदर!

३० फाल्गुन २०८०, बुधबार ०५:३९

फागुन ३०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलरको भाउ सामान्य बढेको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७४ पैसा कायम गरिएको छ। मंगलबार यसको खरिददर १३२ रूपैयाँ १२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७२ पैसामा कारोबार भएको थियो।

बुधबार एक युरोको खरिददर १४४ रूपैयाँ ५० पैसा र बिक्रीदर १४५ रूपैयाँ १५ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५ पैसाले घटेको हो। मंगलबार युरोको खरिददर १४४ रूपैयाँ ५४ पैसा र बिक्रीदर १४५ रूपैयाँ २० पैसामा कारोबार भएको थियो। 

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ ६८ पैसाले घटेर एकको खरिददर १६९ रूपैयाँ ०५ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८१ पैसा कायम गरिएको छ। मंगलबार बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६९ रूपैयाँ ७१ पैसा र बिक्रीदर १७० रूपैयाँ ४९ पैसा तोकिएको थियो।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ४४ र बिक्रीदर ८७ रूपैयाँ ८३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ०५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५० पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९७ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०१ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ ०९ पैसा तथा बिक्री दर १० रुपैयाँ १३ पैसा कायम गरेको जनाइएको छ। 

यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २४ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २३ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३५ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रूपैयाँ १४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ २५ पैसा र बिक्रीदर २८ रूपैयाँ ३८ पैसा कायम गरेको छ। 

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २८ पैसा र बिक्रीदर ४३२ रूपैयाँ २४ पैसा र बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५२ रूपैयाँ १४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ