२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नुवाकोटमा ‘जिरे’ समूहद्वारा हप्ता-अशुली नदिएको बन्दै सडक कामदारमाथी कुटपिट

२०८०, २ चैत्र शुक्रबार १३:५८

चैत २, नुवाकोट । बिगत लामो समय जेल जीवन बिताएर जेलबाट छुटेका नुवाकोटका सन्तोष गुरुङ उर्फ 'जिरे' भन्ने ब्यक्ति लगाएत ५/६ जनाको समुहले पिआर इन्फ्राक्चर कम्पनीद्वारा नुवाकोटको शिवपुरीमा निर्माण गर्दै गरेको सडकका कामदारलाई कुटपिट गरि सख्त घाईते बनाएका छन् । 


उनिहरुले उक्त सडकका कामदारहरु राम कुमार ओलि, सोम बहादुर चेपाङ, श्याम तामाङ, राम प्रसाद लगाएतलाई बिना कारण एक्कासी आक्रमण गरेर कुटपिट गरेका हुन् । उक्त सडक निर्माणको ठेकेदार कम्पनि पिआर इन्फ्राक्चरले शेयर र हप्ता असुली नदिएसम्म काम गर्न नदिने चेतावनी दिदै उनिहरुले कामदारमाथि कुटपिट गरेका हुन् । उनिहरुले जेसिबिको अपरेटर राम कुमार ओलिलाई कुटपिट गर्नुका साथै कानमा लगाएको सुनको रिङ समेत लुटि कानको लोती समेत छिनाइ भागेको पिडितहरुले बताएका छन् । 

उक्त आक्रमणमा संलग्न ब्यक्तिहरुलाई आवस्यक कारवाहीको माग गर्दै पीडित पक्षले जिल्ला प्रशासन कार्यालय नुवाकोट, जिल्ला प्रहरी कार्यालय नुवाकोट र अपराध अनुसन्धान विभागमा निवेदन जाहेरी दिएका छन् । उक्त कुटपिटपछि अहिले उक्त सडक निर्माणको लागी क्रसरको काम रोकिएको छ । बिकास निर्माणको काममा खटिएका कामदारमाथि कुटपिट गरेर गुण्डागर्दी र हप्ता अशुली गर्ने उक्त समूहलाई कडा कारवाहीको माग पीडित पक्षले गरेको छ । आतंकको आवस्था रहँदा बिकास निर्माणको काम समेत प्रभावित हुने भन्दै निर्वाध रुपमा काम गर्न पाउनुपर्ने माग पिडीत पक्षले सम्बन्धित सरोकारवाला निकाय समक्ष राखेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस