2026-09-20 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

किन अकासियो सुनको भाउ?

चैत १६, काठमाडौँ । बिहीबार र शुक्रबार लगातार बढेको सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।

साताको तेस्रो दिन सामान्य घटेको मूल्य त्यसपछिका दिनमा क्रमशः बढेर शुक्रबार हालसम्मकै उच्च अर्थात् तोलाको १ लाख ३० हजार रुपैयाँ पुगेको छ । प्रति १० ग्राम सुनको मूल्य १ लाख ११ हजार ४५५ पुगेको छ ।

साताको पहिलो दिन आइतबार सार्वजनिक बिदा थियो, दोस्रो दिन सोमबार प्रति १० ग्रामको १ लाख ८ हजार ६ सय २५ रुपैयाँ (प्रतितोला १ लाख २६ हजार ७ सय) मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार अमेरिकी डलरको मूल्यमा देखिएको मजबुतिसँगै त्यसको प्रभाव सुनको मूल्यमा देखिएको हो ।

अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले यसको मूल्य तय गरिरहेको हुन्छ । खासगरी विश्वका ठूला लगानीकर्ताले गर्ने लगानीका आधारमा सुनको मूल्य समेत प्रभावित बन्ने गर्छ ।

यो साता चाँदीको मूल्यसमेत बढेको छ । साताको दोस्रो दिन सोमबार प्रतितोला १ हजार ५ सय १५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १ हजार ५ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य बुधबार तोलाको १ हजार ४ सय ९० सम्म झरेको थियो । त्यसपछि भने लगातार वृद्धि भएको देखिएको छ ।

सुनको मूल्य बढ्दा नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्छ । विदेशी मुद्रा सञ्चितिका दृष्टिकोणबाट सुनको मूल्य बढ्नु आयातमा आधारित मुलुकका लागि सकारात्मक मानिँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो