Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनको मूल्यमा आजपनि नयाँ रेकर्ड, तोलाकै एक लाख ३३ हजार

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २१, काठमाडौं | नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला एक लाख ३१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजार आठ सयले बढेर एक लाख ३३ हजार तय भएको हो।

यस्तै,तेजावी सुन तोलमा मङ्गलबार प्रतितोला एक लाख ३० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३२ हजार तीन सय ५० निर्धारण भएको छ।

चाँदीको मूल्य पनि उकालो लागेको छ। मङ्गलबार प्रतितोला एक हजार पाँच सय ४५ मा कारोबार भएको चाँदी आजका लागि भने ६५ले बढेर एक हजार छ सय १० बराबरको मूल्य निर्धारण भएको छ।