३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

केन्द्रीय बैंकले २४ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्दै

२ बैशाख २०८१, आईतवार ०३:२६

बैशाख २, काठमाडौ | सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।

कार्यालयले २४ अर्ब ७० करोड रुपैयाँको  ट्रेजरी बिल नवीकरण गर्ने भएको हो । केन्द्रीय बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ ।

मंगलबार (वैशाख ४ गते) उक्त ट्रेजरी बिल जारी हुनेछ र यस ट्रेजरी बिलका लागि सोमबार वैशाख ३ दिउँसो ३ बजे उक्त ट्रेजरी बोलकबोल हुने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्ने र यो ट्रेजरी जेठ १ गते परिपक्व हुनेछ । 

यसैगरी ९१ दिनको लागि ७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्ने र यो ट्रेजरी साउन १ गते परिपक्व हुनेछ । 

त्यस्तै, १८२ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने र यो ट्रेजरी असोज २९ गते परिपक्व हुनेछ । 

साथै, १ वर्षको लागि ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८२ वैशाख २ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट