बैशाख ४, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १७०० ले बढेर १ लाख ३९ हजार २०० कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्ने हल्ला,बढ्दो भू–राजनीतिक जोखिम,चीनले आक्रामक रुपमा खरिद बढाउनु,विश्वका प्रमुख अर्थतन्त्र भएका देशमा हुन लागेको निर्वाचनका कारण बढ्दो अनिश्चिनता जस्ता कारणले पछिल्लो समय सुनको मूल्य वृद्धि भईरहेको छ ।