कात्तिक ८, बेल्जियम | बेल्जियमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन भएको छ । शनिबार २३ अक्टोबरमा भएको कार्यक्रममा बेल्जियमावासी साहित्यप्रेमीले तीर्थका कविताको स्वाद लिए"/>
कात्तिक ८, बेल्जियम | बेल्जियमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन भएको छ । शनिबार २३ अक्टोबरमा भएको कार्यक्रममा बेल्जियमावासी साहित्यप्रेमीले तीर्थका कविताको स्वाद लिए । इन्द्रधनुष क्लब लुभेनले कवि श्रेष्ठको एकल कविता सुन्ने मेसोमेलो मिलाएको हो ।
कार्यक्रममा कवि श्रेष्ठले पे्रम, राष्ट्रप्रेम, समसामयिक सन्दर्भका कविता, मुक्तक र गजल वाचन गरे । कवि श्रेष्ठले पागलहरु, चुपचाप, म यदोधरा, लाहुरे फूल, प्रेमको पुस्तक, अन्नपूर्णको वरिपरी, भूगोलले मात्र देश बाँच्दैन, बाघ, राजधानी, कविहरु , सत्ता, हिउँमा लेखिएका नामहरु लगायत कविता वाचन सुनाए ।
क्लबका उपाध्यक्ष एवं कार्यक्रम संयोजक भोजबहादुर जिसीले कवि श्रेष्ठको बारेमा जानकारी दिएका थिए । कवि श्रेष्ठका कविताहरु जिन्दगीका जटिलताहरुलाई सरल ढंगले संप्रेषित गर्न र पाठकका हृदयमा बास बस्ने सफल रहेको जिसीले प्रस्टाए ।लुभेनस्थित स्थानीय सभागहृ ओन्स हाउसमा भएको कार्यक्रममा लुभेन नेपाली समाजका साहित्यिक व्यक्तित्व र नेपाली समाजका व्यक्तिहरुको बाक्लो उपस्थिति थियो ।एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतम, एनआरएनका केन्द्रीय सचिव अर्जुनकुमार श्रेष्ठ, बेल्जियमा स्थित नेपालका कावा राजदुत घनश्याम भण्डारीले मन्तव्य राखेका थिए ।
कार्यक्रममा बेल्जियमा रहेका कविहरु दिपेन्द्र केसी, विमल गिरी र सौरभ रंजितकारले कवि श्रेष्ठसँग पुस्तक विनिमय गरेका थिए । क्लबका अध्यक्ष मीन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव बुद्ध बस्नेतले सञ्चालन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य क्लवका सल्लहकार माधव सापकोटाले राखे ।